११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

सरकारी सम्पतिको चरम दुरुपयोग गाडी मर्मत गर्न ५८ लाख खर्च देखाउदै

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

(दिपेन्द्र थापा क्षेत्री)
सुर्खेत कर्णाली प्रदेशसभाका सांसद यमलाल कँडेललाई प्रदेशसभाले उपलब्ध गराएको गाडी मर्मतका लागि खरिद मूल्यभन्दा बढी लाग्ने भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कँडेलले प्रयोग गर्दै आएको बा २ झ ३९७० नम्बरको स्कोरपियो ६ जेठमा चितवन, दासढुंगा नजिकै दुर्घटना भएको थियो ।
दुर्घटनापछि मर्मतका लागि भैरहवास्थित समृद्धि इन्टरप्राइजेज कम्पनीमा राखिएको थियो । गाडी मर्मतका लागि ५८ लाख रुपैयाँ भन्दा बढी अनुमानित खर्च विवरण प्रदेश सभा सचिवालयमा पेश गरिएको छ । समृद्धि इन्टरप्राइजेजले गाडी मर्मतका लागि ५८ लाख ६९ हजारको अनुमानित खर्च विवरण पेश गरेको हो ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरुङका अनुसार यो गाडी २०७५ असारमा ४९ लाख ४९ हजारमा खरिद गरिएको थियो । ‘कम्पनीले खरिद मूल्यभन्दा बढी अनुमानित मर्मत खर्च पेश गरेको छ,’ गुरुङले भने, ‘सचिवालयले यान्त्रिक कार्यालयमार्फत यसको प्राविधिक जाँच गर्छ ।’
अनुमानित खर्च निकै धेरै पेश भएकाले गाडी मर्मत प्रक्रिया अगाडि नबढाएको संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । ‘यस विषयमा बिमा कम्पनीसँग छलफल गरेपछि मात्र अघि बढ्न सकिन्छ’ उनले भने ।
बिमा कम्पनीले भने गाडी मर्मत गर्न इन्जिनयर पठाएको जानकारी दिएको छ ।
सत्तारुढ नेकपाका सांसद कँडेलले लामो समयसम्म विपक्षी दलका नेता सरहको सेवा सुविधा लिँदै आएका थिए । त्यही कारण संसद सचिवालयले गाडी उपलब्ध गराएको थियो । महालेखाले बेरुजु देखाएपछि भने कँडेलले आर्थिक वर्ष २०७७ को साउनदेखि प्रदेशसभा सदस्यको मात्र सुविधा दिन भनेका थिए । सभार नागरिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कुलेश्वर क्षेत्रमा ७-८ जनाको समूहले अनाहकमा पठाओ राइडर तथा यात्रुमाथि सामूहिक कुटपिट गरी फरार भएको घटनाले आम नागरिकको सुरक्षा र कानुनी शासनमाथि गम्भीर प्रश्न खडा गरेको छ। दिनदहाडै होस् वा रातको समयमा, आफ्नो काम गरेर जीविकोपार्जन गर्ने र यात्रा गरिरहेका सर्वसाधारणमाथि यसरी समूह बनाएर आक्रमण गर्नु अत्यन्त निन्दनीय र अक्षम्य कार्य भएको भन्दै […]

दाङ । लमही अर्जुनखोलामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन्। वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक पोस्ट लमहीका अनुसार बाटो क्रस गर्ने क्रममा पछाडिबाट आएको मोटरसाइकलले शुक्रबार बेलुका करिब साढे ४ बजे स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। ठक्कर दिने मोटरसाइकल र चालक नियन्त्रणमा रहेको लमही ट्राफिक इन्चार्ज तिर्थ भुसालले जानकारी […]

दाङ । घोराहीमा ७७ प्रतिशतभन्दा बढी छायाङ्कन हुने, स्थानीय कलाकारले पनि मुख्य भूमिका पाउने** दाङ। दाङको प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा सांस्कृतिक पहिचान र यहाँका चर्चित पर्यटकीय स्थललाई विश्वमाझ चिनाउने लक्ष्यसहित युवा व्यवसायी रुद्र शर्माले ठूलो सम्भावना बोकेको फिल्म निर्माण गर्ने तयारी गर्नुभएको छ। चर्चित कलाकारहरूको अभिनय रहने उक्त फिल्मको छायाङ्कन दाङका विभिन्न स्थानमा गरिने भएको […]

error: Content is protected !!