२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

SSP अशोक सिंह एक्सनमा नयाँ-पुराना सबै डनहरु काठमाडौँ छाड्दै

Logo
प्रकाशित बिहिबार, मंसिर १८, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । काठमाडौं परिसर र अपराध महाशाखामा नयाँ नेतृत्व आउने बितिक्कै विगतमा आक्रामक कार्यशैली देखाउँथे । नयाँ हाकिम आएपछि केही गु’न्डा र हुन्डी कारोबारी पक्राउ गर्नु तथा होटलहरुमा छापा हान्नु एउटा ‘चलन’ नै बनेको थियो ।
केही वर्षयता यस्तो चलन कम भयो । सेटिङ मिलाउनका लागि यसरी पक्राउ र छापा हान्ने गरेको भन्दै प्रहरीको आलोचना भएपछि यस्तो चलन रोकियो । गत साता काठमाडौं परिसरमा आएका एसएसपी अशोक सिंहले भने पुरानै चलन ब्युँताएका छन् ।
परिसर आएको एक साता नहुँदै उनले गु’न्डा अप्रेसन सुरु गरेका छन् । उनको निर्देशनमा आइतबार काठमाडौंका पुराना डन चक्रे मिलन भनिने मिलन गुरुङलाई खानतालासी लिइएको छ । दरबारमार्गमा उनी चढेको गाडी रोेकेर प्रहरीले खानतालासी लिएको हो ।
काठमाडौंमा अहिले पुराना डनहरु सुस्ताएका छन् । सांसद भएपछि तथा ठमेलको व्यापार सुस्ताएपछि दीपक मनाङे धेरै जसो पोखरातिरै बस्न थालेका छन् ।
गणेश लामा व्यापार नेपाली कांग्रेसको राजनीतिमा लागेका छन् । मिनकृष्ण महर्जन ढुंगाखानीबाट कमाएको पैसाबाट कांग्रेसको राजनीतिमै सक्रिय छन् । राजु गोर्खाली अस्पताल तथा रेस्टुरेन्टको व्यापारमा लागेका छन् । उनी अझै पनि बेला बेला विवादमा पर्ने गरेका छन् । स्वयम्भु क्षेत्रका बाघे निर्माण सामाग्रीको व्यवसायमा आबद्ध छन् ।
काभ्रेली समूहका दावा लामा, विष्णु लामा लगायत केही अझै सक्रिय रहेको प्रहरीको सूचना छ । ठुला डनहरु सुस्ताएपनि टोलेहरुको दादागिरी भने पूर्ण रुपमा बन्द हुन सकेको छैन । त्यसतर्फ प्रहरीले ध्यान दिन सकेको छैन ।
पछिल्लो समय गु’न्डागर्दी गिट्टी, बालुवा तथा ढुंगाखानीमा छ । त्यो क्षेत्रमा पैसा धेरै भएकाले गु’न्डाहरु त्यसैमा लगानी गर्न थालेका छन् । अन्य व्यक्तिहरुले पनि गु’न्डासँग सेटिङ नमिलाई चलाउन नसक्ने अवस्था छ । राजनीतिक दलको आवरणमा यस्ता व्यवसायमा उनीहरु लागेका हुन् । केही भने मिटर ब्याज र जुवाको धन्दामा रहेको स्रोत बताउँछ ।
राजधानीका नयाँ-पुराना ‘डन’ निगरानीमा
राजधानीमा रहेका नयाँ-पुराना ‘डन’माथि प्रहरीले निगरानी बढाएको छ। यसक्रममा ‘डन’ चक्रे मिलन उर्फ मिलन गुरुङ प्रहरी खानतलासीमा परेका छन्। मिलनलाई महानगरीय प्रहरी परिसर काठमाडौं मातहत सिंहदरबारको टोलीले भद्रकालीमा खानतलासी गरेको हो।
शुक्रबार भद्रकालीअगाडिको चेकप्वाइन्टमा मिलन चढेको कार प्रहरीले रोकेर तलासी लिएको हो। तलासी लिँदा केही फेला नपरेपछि मिलनलाई प्रहरीले छोडेको थियो।
‘डन’हरूको गतिविधिमा निष्कृय रहेको प्रहरी काठमाडौंमा एसएसपी परिवर्तनलगत्तै सक्रिय देखिएको हो।
मिलन राजधानीमा कहलिएका पुराना ‘डन’ हुन्। कुनै बेला मिलन र दीपक मनाङेको काठमाडौंको अपराधमा प्रतिस्पर्धा थियो। मनाङे अहिले सांसद भइसकेका छन् भने मिलनको सक्रियता बाहिर देखिँदैन।
महानगरीय प्रहरी परिसर काठमाडौंमा भर्खरैमात्र अशोक सिंह नयाँ एसएसपी आएका थिए। गत सोमबार हाजिर भएका सिंहले काठमाडौंमा सक्रिय नयाँ-पुराना सबै ‘डन’ प्रहरी निगरानीमा रहेको बताए।
‘चक्रेमात्र हैन, काठमाडौंका सबै पुराना-नयाँ डनहरू प्रहरी निगरानीमा छन्,’ सिंहले भने, ‘गु’ण्डागर्दीविरूद्ध­को अपरेसनमा जोकोही पनि खानतलासीमा पर्छन्।’
सिंहले काठमाडौंको सुरक्षा चुनौतीको रूपमा ‘डन’हरू पनि रहेकाले उनीहरूका गतिविधिमा प्रहरी चनाखो रहेको बताए। सिंहले प्रहरीले डनहरूको सूची तयार पारिरहेको बताए।
‘हामी नयाँ-पुराना सबै डनको गतिविधिलाई अनुसन्धान र निगरानी गरिरहेका छौं, अनुसन्धान सकिएपछि डनहरूको प्रकार छुट्याएर सूची तयार पार्छौं,’ सिंहले भने, ‘त्यसपछि उनीहरू कसले कुन अपराध गरिरहेको छ, आक्रामक रूपमा कारबाही गर्छौं।’
सिंहले काठमाडौंमा सक्रिय पुराना ‘डन’हरू कतिपय राजनीतिज्ञ भइसकेको र राजनीतिक आवरणमा रहेर अपराध गरिरहेको बताए।
‘आफूलाई सुध्रियौं भन्ने तर भित्र-भित्र आपराधिक गतिविधि गर्ने डन को कस्तो अ’पराधमा संलग्न छन् अध्ययन गरिरहेको छु,’ सिंहले भने। चर्चा बटुल्न नभएर राजधानीको शान्ति सुरक्षा कायम गर्न ‘डन’हरूमाथि कारबाही थालिएको सिंहले दाबी गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]