१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

बाँके प्रहरीले ठूलो परिमाणमा ट्याक्टर सहित सुर्ति पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर २२, २०७७

(महेन्द्र सिंह) बाँके                                               भारतबाट नेपाल ल्याइएको एक ट्याक्टर सुर्ति बाँके प्रहरीले बरामद गरेको हो । नेपालगन्ज वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको नेतृत्वमा गएको सो टोलीले जानकी गाउँपालिका १ साईगाउँबाट भे १ त ७७२९ नम्वरको टयाक्टरमा राखेर नेपाल ल्याइएको ३५ केजीका ४८ बोरा काचो सुर्ति बरामद गरेको हो । प्रहरीले टयाक्टर चालक साइगाउँका नाफिस कवडिया, भानु बर्मा र शेर अलिलाई पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । उक्त सुर्ति करिव तीन लाख ६० हजार मूल्य बराबरको रहेको बताइएको छ । सो सुर्ति खजुरातर्फको एउटा उद्योगमा लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वडा प्रहरी प्रमुख खड्काको नेपालगन्ज आए सँगै चोरी, तस्करी नियन्त्रणमा कडाइ भइरहेको स्थानीयहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।