०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

जुमृकाडामा उद्दमशिलता बिकास तालिम सन्चालन

Logo
प्रकाशित शुक्रबार, जेठ ११, २०७५

उद्दमिका लागी व्यावसायिक योजना आखा हो:श्रेष्ठ
राम बहादुत बि.क
प्युठान /सफल उद्दमिका लागि सिप बिकास तालिम पुर्ब उद्दमशिलता बिकास तालिमको आबश्यकता रहेकाले उक्त तालीम सन्चालन गरिएको रन्जना श्रेष्ठले बताउनुभयो ।

प्युठान नगरपालिका ५ को आर्थिक सहयोग र ग्रामिण आर्थिक बिकास मंच प्युठान को आयोजनामाबाट सन्चालन गरिएको उद्दमशिलता बिकास तालिमको उद्घाटनको क्रममा आयोजक सस्थाकी कार्यक्रम संयोजक श्रेष्ठले -ब्यबासाय सुरु गर्नका लागी व्यावसायिक योजना नै उद्दमिको आखा हो ,जसरी हाम्रो आखाले बस्तु देख्न सक्छ त्यसरी नै उद्दमिले उद्दम सन्चालन पुर्ब व्यावसायिक योजना बारे पुर्ण जानकार हुन आबश्यक रहने बताउनुभयो । देशमा उद्यमशीलताको विकास गरी आर्थिक क्रान्ति गर्नका निम्ति उद्यमी तयार गर्न आबश्यक छ ,अब स्थानीय स्तरबाट यसको सुरुवात गर्दै उद्दमि तयार पार्नुपर्नेमा जोड दिदैं ज्ञान,सीप र क्षमतालाई ब्यवहारिक बनाउन सकिएमा मात्र तालिम उपलब्धिपूर्ण रहने प्युठान नगरपालिका ५ का अध्यक्ष लक्षमण भण्डारीले बताउनुभयो ।
साथै उहाँले यसको अभ्यास गर्दै आर्थिक विकासमा

जोड दिन नीतिहरु,कानूनहरु बनाउन आफूहरु लागी परेको बताउनुभयो ।
तालीम ७ दिन सम्म चल्ने र तालिममा १५ जनाको सहभागिता रहेको थियो भने प्रशिक्षण उद्दम बिकास सहजकर्ता शारदा बि .क र धन बहादुर गोतामे ले गर्नुहुने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]