०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

नेपालगन्जमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु

Logo
प्रकाशित सोमबार, मंसिर २९, २०७७

(महेन्द्र सिंह) बाँके                                             नेपालगन्ज वडा नंं १८ मा ट्याक्टर दुर्घटना हुँदा छायाँनाथ रारा नगरपालिका वडा नम्बर १०, मुगुका ट्याक्टर चालक अन्दाजी २३ बर्षिय दिल बहादुर सेजवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ । गम्भीर घाइते चालक सेजवाललाई अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । कोहलपुरदेखि नेपालगन्ज आई नेपालगन्जदेखि पुनः कोहलपुरतर्फ फर्कने क्रममा ट्याक्टर दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ । लु४त ७३७२ नम्वरको ट्याक्टर नेपालगन्ज १८ कारकाँदोस्थित सिद्धार्थ भ्यु होटल नजिकबाट मोड्ने क्रममा अनियन्त्रित भई पल्टिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]

(एबिसि संचार ) जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर […]