२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

नेपाल प्रहरीका दुई AIG को स्वागत तथा विदाई

Logo
प्रकाशित बिहिबार, पुष ०२, २०७७


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान बिभागबाट यस कार्यालयमा सरुवा भई आउनु भएका प्रहरी अतिरीक्त महानिरीक्षक हरि बहादुर पाललाई आज एक समारोहका विच यस कार्यालयबाट सरुवा भइ जान लाग्नु भएका प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेल लगायतका प्रहरी कर्मचारीहरूले स्वागत गर्नु भयो । स्वागत कार्यक्रममा सम्मान गार दले सलामी अर्पण गरे पश्वात पदभार ग्रहण गर्नुभई उपस्थित कर्मचारीहरूलाई निर्देशन सम्बोधन समेत गर्नु भयो । उक्त अवसरमा कार्यालयबाट प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान बिभागमा सरूवा भई जान लाग्नु भएका प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेललाई कार्यालयको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक हरि बहादुर पालले मायाको चिनो प्रदान गरि विदाई गर्नु भयो । कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रत्यक्ष मातहतका कार्यालय प्रमुखहरू , सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]