२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

लागुऔषध,गुन्डागर्दि बैदेशीक रोजगारीका ठगि गर्ने प्रहरीको निशानामा :डिआइजि :बस्नेत

Logo
प्रकाशित शनिबार, जेठ १२, २०७५

सागर थापा,दाङ १२ जेठ
नेपाल सरकार, गृह मन्त्रालयको निर्णयानुसार प्रहरी प्रधान कार्यालयबाट पाँच सरुवा भई पाँच नम्बर प्रदेश प्रहरी प्रमुखको मा हाजिर हुनुभएका डिआइजि शेर बहादुर बस्नेत पदबहाली हुनु भएको छ। बस्नेतलाई प्रदेश प्रहरी मातहत कार्यालयहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूले स्वागत गर्नुभयको थियोे। प्रदेश प्रहरी प्रमुखको कार्यभार सम्हाल्दै डिआइजि बस्नेतले राजनिति र ब्यावसायिक आडमा हुने सम्पुर्ण गैर कानुनि क्रीयाकलाप नियन्त्रण गर्ने दावि गर्नु भएको छ ।प्रहरीको कामलाई स्वच्छ, जनमैत्रि र पारदर्शिता बनाउने आफ्नो मुख्य अभिभारा रहेको भन्दै प्रदेश ५ को सुरक्षा अवस्था विगतको भन्दा थप मजवुत भएर जाने उहाले बताउनु भयो । पहाड र तराई मिसीएर बनेको यो भुगोलका वारेमा केही समयभित्रै निरीक्षण गर्ने र सुरक्षा योजना बनाउने तयारीमा रहेको सुनाउनु भएका बस्नेतले गुन्डागर्दि, आपराधिक कृयाकलाप र कानुनलाई चनौति दिने सबै क्रीयाकलाप निस्तेज पार्नेसमेत बताउनु भयो ।

गैर कानुनि क्रीयाकलापमा आउने राजनितिक दवाव आफुलाई सह्रय नहुने भन्दै प्रदेशको सुरक्षा अवस्था मजवुत बनाउन नागरीक र प्रहरीको विचमा हातेमालो गर्नुपर्ने उहाको भनाई छ।प्रहरी देख्ने वित्तिकै जनता डराउने नभई भर पर्ने वातावरण बनाउन आफु लागि पर्ने भन्दै जनताको विचमा गएर आफुले प्रत्यक्षरुपमा छलफल गरेर सुरक्षाको वारेमा गुनासो सुन्ने कार्यक्रम सञ्चालन गर्ने पनि उहाले जानकारी दिनु भयो ।

प्रहरीभित्र सुद्धिकरण र आर्थिक पारदर्शिता आवश्यक रहेको भन्दै पछिल्लो सुन काण्डले प्रहरीभित्र रहेका गलत क्रीयाकलाप वाहीर आएको र अव थप संस्था सुद्धिकरण हुनुका साथै जनताले विश्वास गर्ने वातावरण बन्दै गएको प्रदेश प्रहरी प्रमुख बस्नेतले बताउनु भयो ।उहाले अहिलेसम्मको आफुलाई प्राप्त जानकारी अनुसार प्रदेश प्रहरीको कार्यालय दाङमै रहने र आगामि प्रदेश तथा केन्द्रिय सरकारको निर्णय अनुसार प्रदेश प्रहरीको कार्यालय कहाँ रहने भन्ने कुरा तय हुने र संघिय प्रहरी ऐन आएमा संघियतामा प्रहरी संरचनालाई अघि बढाउन सहयोग हुने उल्लेख गर्नु भयो ।

अपराध न्युनिकरणमा प्रहरी एक्लैले केही गर्न नसक्ने बताउनु भएका बस्नेतले सबैको सहयोग भएमा अपराध न्युनिकरणमा शुन्य सहनशिलता अपनाउने समेत उहाले बताउनु भयो । लागु औषध, गुन्डागर्दि, अवैध नदिजन्य पदार्थको तस्करी, बैदेशीक रोजगारीका ठगि सम्वन्धि मुद्धामा प्रहरी कडारुपमा प्रस्तुत हुने उहाले बताउनु भयो।उहाले प्रेस र मानवअधिकार पनि अपराध न्युनिकरणमा सहयोग गरीरहेको भन्दै आउदा दिनमा खवरदारी जारी राख्न सुझाउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]