०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

संसद् विघटनसँगै अन्ततः फुटतर्फ नेकपा

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

 

(ABC Sanchar)
काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्पष्ट रूपमा दुई समूहमा विभाजित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले समानान्तर कमिटीमार्फत बैठक बस्ने निर्णय गरेसँगै सत्तारूढ नेकपा विभाजनको अन्तिम संघारमा पुगेको हो । सम्भवतः अब नेकपामा फुटको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको घटनाक्रमले पुष्टि गरेको छ ।

विवाद उत्कर्षमा पुगेर प्रतिनिधिसभा विघटन भएपछि दुवै समूहले आगामी रणनीति तय गर्न गुटगत भेला र बैठक बोलाउने क्रमलाई तीव्रता दिएका छन् । दुवै पक्षले एकले अर्कालाई अनुशासनको कारबाही गर्ने गरी तयारी अघि बढाएका छन् भने दुवै पक्षले आआफ्नो बैठकलाई नै आधिकारिक भएको दाबी गर्न थालेका छन् ।

– ओली र दाहाल–नेपाल पक्षद्वारा सोमबार छुट्टाछुट्टै सांसद भेला
– मंगलबार केन्द्रीय कमिटीको छुट्टाछुट्टै बैठक
* एक पक्षद्वारा अर्को पक्षका अध्यक्षलाई कारबाही गर्ने

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकटका सांसदको भेला राखेर प्रतिनिधिसभा विघटन गर्नुका कारण र औचित्यबारे प्रकाश पार्दै सबैलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीका विरुद्ध हस्ताक्षर गर्ने चार जना सांसदहरू ओलीले बोलाएको भेलामा सहभागी भएका छन् । उनीहरूले दाहाल पक्षले आफूहरूको हस्ताक्षरको दुरुपयोग गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो हस्ताक्षरबिना पार्टीका कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन् । नेकपाका हरेक निर्णयमा अध्यक्षको हस्ताक्षर हुनुपर्ने बताउँदै उनले हस्ताक्षरबिनाको निर्णयले वैधानिकता नपाउने भएकाले बैठकको निर्णयको कुनै अर्थ नहुने स्पष्ट पारे ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बानेश्वरमा आफू निकट सांसदहरूको भेला गरी छुट्टै रणनीति तय गरेका छन् ।

यो पनि पढ्नुहोस
निर्वाचनले सबैलाई लोकप्रियता परीक्षण गर्ने अवसर दिनेछ : प्रधानमन्त्री
विघटित संसद्का सांसदको भेला गरेका ओली र दाहाल–नेपाल समूहले आज मंगलबार आफू निकटका केन्द्रीय सदस्यको भेला गर्दै छन् । आफ्नै दलका नेताहरूले आफ्नो विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै संसद् विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् ।

संसद् बैठक बोलाउन माग
यसैबीच नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल समूहले बानेश्वरमा गरेको सांसद भेलाले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।

नेकपा स्थायी कमिटीका सदस्य एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संसद् बैठक बोलाउने निर्णय भेलाले गरेको बताए । भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसद्को नियमित अधिवेशन बोलाउन माग गरेको गुरुङले बताए ।

भेलामा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेको बताउँदै उनले बुधबार फेरि दलको बैठक बोलाउने निर्णय भएको बताए ।

भेलाले प्रधानमन्त्रीसँग संसद् विघटन गर्ने संवैधानिक अधिकार नभएको निष्कर्ष निकालेको छ । सांसदहरूको भेला सम्पन्न भएपछि बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । सर्वदलीय बैठकमा शीर्ष नेता जानुपर्ने भएकाले स्थायी कमिटीको बैठक स्थगित भएको हो । सांसदहरूको भेला सकेर नेकपा शीर्ष नेताहरू कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार बसेको सर्वदलीय बैठकमा पुगेका छन् ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!