२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मन्त्रिमण्डल पुर्नगठनको हुने बादलले राजिनामा दिने बामदेब गृहमन्त्री हुने सम्भावना

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

(ABC Sanchar)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका छन् । सात मन्त्रीले राजिनामा दिएपछि उनले यसको तयारी गरेका हुन् ।

अब जो सुकै व्यक्ति पनि मन्त्री बन्न सक्ने अवस्था छ । यस्तो अवस्थामा पार्टीको समिकरणलाई बलियो बनाउने गरी मन्त्रिमण्डल उनले पुनर्गठन गर्न लागेको स्रोत बताउँछ ।

संसद बिघटनको कदमप्रति असहमति जनाउँदै सात मन्त्रीले आइतबार राजिनामा दिइसकेका छन् । रक्षा मन्त्रालय यसअघिदेखि नै रिक्त छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि राजिनामा दिने सम्भावना छ ।

यो अवस्थामा प्रचण्ड तथा माधव नेपाल निकट बलियो पकड भएको समूहलाई सरकारमा राख्ने रणनीति बालुवाटारको छ ।

स्रोतका अनुसार गृहमन्त्री पाए ओलीको कदममा साथ दिने नेता वामदेव गौतमको तयारी छ । त्यसकारण उनी दुवै गुटमा सहभागी भएका छैनन् । हाल शिक्षा, पर्यटन, उर्जा, कृषि, श्रम, खानेपानी र वन मन्त्रालय रिक्त भएका छन् ।

मंगलबार दुवै पक्षले केन्द्रीय समितिको बैठक बोलाएका छन् । जसमा एकले अर्कालाई कारबाही गर्ने सम्भावना छ ।

पार्टी वारपार भएपछि ओलीले नयाँ मन्त्रीहरु नियुक्ति गर्ने तयारी गरेका छन् । सोहीकारण केही नेताहरु दुवै गुटको बीचमा बसेका छन् ।
दृष्‍टि साप्ताहिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]