२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

दाहाल र नेपाल समूहले पुस १४ गते आन्दोलनको घोषणा गरे

Logo
प्रकाशित बिहिबार, पुष ०९, २०७७

 

(ABC Sanchar)
काठमाडौं । नेकपाको दाहाल नेपाल समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे दाहाल–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइतीघरमण्डलामा उपस्थित हुने कार्यक्रम तय भएको छ । त्यहाँको प्रदर्शनपछि सोही टोली निर्वाचन आयोगमा जाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यो समूहले सोही दिन नै २ बजे पत्रकार सम्मेलन राखेको छ । प्रवक्ता श्रेष्ठले नेपाल बन्दसम्म गर्नेसम्म पनि हुने बैठकमा बताएका छन् ।

आन्दोलनका कार्यक्रम काठमाडौंमा बढी केन्द्रित हुनेछन् । पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ ।

कार्यक्रमअन्तर्गत ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ ।

बैठकले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ ।

नेकपाको दाहाल–नेपाल समूहको बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार सबै केन्द्रीय सदस्यसहित निर्वाचन आयोग र सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

शुक्रबार बिहान १० बजे सर्वोच्च र दिउँसो १२ बजे आयोग जाने निर्णय भएको हो । आफूहरू आधिकारिक रहेको दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च जाने निर्णय भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!