०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

गर्मीमा सतर्कता अपनाउन बाँके प्रशासनको अनुरोध

Logo
प्रकाशित सोमबार, जेठ १४, २०७५

महेन्द्र सिंह,१४ जेठ/ नेपालगन्ज
बाँकेमा केहि दिन यता बढि रहेको तापक्रममा हुन सक्ने भौतिक र स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले सतर्कता बढाएको छ । ‘खासगरि नेपालगन्ज क्षेत्रमा आवतजावत गर्ने बटुवाहरुका लागि चोकमा उचित छायाँ र पानीको ब्यवस्थापनका लागि समन्वय गर्ने योजना तत्काल अघि बढेको छ’, दैनिक एबीसीसङ कुरा गर्दै बाँकेका प्रमुख जिल्ला रमेश कुमार केसीले भने, ‘त्यस बाहेक मानवीय स्वास्थ्यमा प्रतिकूल असर पार्ने सडकको धुलो समाधानका लागि पनि पहल सुरु भएको हो बाँके जिल्ला बासीहरुलाई गर्मी बाट वचन सतर्कता अपनाउन सबैलाई अनुरोध गर्दै
‘सबै काम हाम्रो पक्षबाट मात्रै हुन नसक्ने भएकोले अन्य सम्बन्धित र सरोकारवाला संघ संस्था र सरकारी कार्यालयहरु संग बैठकको तयारी पनि छ’, प्रजिअ केसीले भने, ‘नागरिकको हितका लागि सबैको भूमिका सकारात्मक रुपमा अघि सर्नु पर्ने देखियो ।’ बाँकेमा पछिल्लो केहि दिनदेखि तापक्रम बढेका कारण गर्मीको अवस्थाले नागरिकहरु सास्ती खेप्न बाध्य भएका छन् । विद्युतको अनियन्त्रित कटौती, रुखविरुवा विहिन नेपालगन्जको सडक र धूलो तथा फोहोरको समस्याले नागरिकलाई थप सास्ती भएको गुनासो बढेपछि सो तर्फ जिल्ला प्रशासन कार्यालयले चासो बढाएको हो ।
सो क्रममा कानून ब्यवसायीहरुको एउटा टोलीले अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यवस्त रहेको बताउँदै नागरिक हित र सुविधामा ध्यान दिन प्रशासनको ध्यानाकर्षण गराएको छ । सडक, नाली निर्माणका कारण सडक, बाटोहरु धुलाम्य अवस्थामा रहेको र अत्यधिक गर्मी तथा धुलो धुवाँका कारण वातावरण नै प्रदूषित बनेको भन्दै कानून ब्यवसायीको टोलीले हालै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासबाट भएको अन्तरिम आदेश कार्यान्वयनको पनि माग गरेको हो ।
अत्यधिक गर्मीका कारण हरेक वर्ष छाडा पखाला लगायतका रोगको संक्रमण भई दर्जनौं नागरिकले ज्यान गुमाउनु अवस्थालाई चित्रण गर्दै नियमित रुपमा विद्युत आपूर्ति र खानेपानी सहज ढंगबाट उपलब्ध गराउन माग गरिएको टोलीमा सहभागी अधिवक्ता लोक बहादुर शाहले बताए । गर्मीका कारण जेष्ठ नागरिक, बालबालिका, विरामीहरु बढी प्रभावित भइरहेकोले नागरिकको सुविधा र स्वास्थ्यमा प्रत्यक्ष रुपमा भूमिका निर्वाह गर्न प्रशासनलाई आग्रह गरिएको अधिवक्ता शाहले जानकारी दिए ।
गर्मीयाममा हुन सक्ने आगलागी र सोबाट हुने जनधनको क्षति व्यवस्थापनको विषयमा सम्वन्धित सरोकारवाला संग समन्वय र सहकार्य गरी हुन सक्ने सम्भाव्य दुर्घटनालाई नियन्त्रण गरेका अधिवक्ताहरुले विद्युत लोडसेडिङ गर्न नपाउने अदालती फैसलालाई कार्यान्वयनको माग गरेका छन् । विकास निर्माणको क्रममा उत्पन्न हुने धुलो नियन्त्रणका लागि विहान, दिउसो र बेलुका गरी कम्तीमा तीन पटक नियमित रुपमा पानी हाल्ने व्यवस्था गरी उच्च अदालत नेपालगन्जबाट भएको अन्तरिम आदेशको कार्यान्वयनका लागि ध्यानाकर्षण गराइएको अधिवक्ता पूर्ण ढकालले बताए ।
बजार क्षेत्रको फोहरमैलाका कारण झाडा पखाला लगायतका रोगहरु फैलिन सक्ने बढी सम्भावना भएकोले प्रत्येक विहान ५ बजे भन्दा पहिले र साझ ७ बजे पछि सडक, नाली नियमित रुपमा सरसफाई गर्ने व्यवस्था माग गरिएको हो’, अधिवक्ता ढकालले भने, ‘विद्युत आपूर्ति नियमित र सहज गर्न तथा फैसलाको पूर्ण पालना गर्न भनिएको छ ।’
प्रहरी, प्रशासन, मालपोत, नापी, अदालत, यातायात, बसपार्क लगायतका बढी उपभोक्ताहरुको उपस्थिति हुने सार्वजनिक कार्यालय एवं स्थानमा र प्रत्येक चौकहरुमा नियमित रुपमा पिउने चिसो पानीको उचित व्यवस्थापन गर्न कानून ब्यवसायीले माग गरेका हुन् ।
ध्यानाकर्षण गराउन गएका अधिवक्ताहरु लोक बहादुर शाह, पुर्ण प्रसाद ढकाल, विश्वजीत तिवारी, बल बहादुर चन्द र सुदिप भट्टराईले गर्मीका कारण बाँकेमा उत्पन्न भइरहेको समस्या र समाधानको उपायहरुबारे समेत छलफल गरेका थिए । बाँकका ‘प्रमुख जिल्ला अधिकारी केसीले कानून ब्यवसायीले उठान गरेको विषयहरुमा प्रशासन गम्भीर रहेको र सो बारे पहल अघि बढि रहेको बताएका छन् । मानवीय हितमा हामी अग्रसर छौं’, उनले भने, ‘गर्मीका कारण अहिले नागरिकहरुलाई समस्या भइरहेको बारे जिल्ला विपद ब्यवस्थापन समितिमा पनि छलफलको तयारी छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!