प्रकशित मिति : १२ पुष २०७७, आईतवार १९:४५

 

(ABC Sanchar)
चाबहिल । काठमाडौं महानगरपालिका ४ सुकेधारा नजिक गोपीकृष्ण पुलबाट मोटरसाइकल धोबीखोलामा खस्दा एक जनाको ज्यान गएको छ।

बा २६ प ४०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति धोबीखोलामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा काठमाडौं कपन बस्ने सिन्धुली दुधौली नगरपालिका ५ का मोटरसाइकल चालक २७ वर्षीय लोकनारायण श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल–भारत अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com