०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

अज्ञात समूहले सरकारी गाडीमा पेट्रोल छर्केर आगजनी

Logo
प्रकाशित शुक्रबार, पुष १७, २०७७

 

(ABC Sanchar)
जाजरकोट । कर्णालीको प्रदेशको जाजरकोटमा अज्ञात समूहले एउटा सरकारी गाडीमा आगजनी गरेको छ ।

कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको हो ।

जाजरकोट जिल्लाको प्रदेशसभा निर्वातन क्षेत्र (क) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा आगजनी भएको हो ।

जाजरकोटको भेरी नगरपालिका–७ पुन्मा राखिएको गाडीमा बिहीबार राति अन्दाजी १० बजेको समयमा अज्ञात समूहले पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

आगजनीबाट गाडी पूर्णरूपमा जलेर क्षतिग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रदेशका योजना अनुगमन गर्न गएका सिंहको गाडी अज्ञात समूहले जलाएको हो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपाली सेनाको चिसापानी चेकपोस्ट नजिकै सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको EV गाडी बाँदरलाई जोगाउन खोज्दा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गाडीमा सामान्य क्षति पुगेको र यात्रुहरू सामान्य घाइते मात्र भएको भन्ने बुझिएको छ, जुन ठूलो राहतको कुरा हो। त्यो रुटमा जंगली जनावर बाटोमा अचानक आउने धेरै हुन्छ, त्यसैले: स्पिड ४०-५० मा राख्ने चिसापानी […]

काठमाडौं । धादिङको धुनीबेंशी नगरपालिका-६ स्थित मितेरी टोलमा पृथ्वी राजमार्गमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडि रहेका सवारीसाधनको ब्रेक नलाग्दा एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]