१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

खुसीको खबर रेलवे लाइन खेतियोग्य जमिनबाट नजाने ।।

Logo
प्रकाशित मंगलबार, जेठ १५, २०७५

सनिउल्ला धोबी, कपिलवस्तु जेट १५
कपिलवस्तुका किसानहरुलाई खुसीको खबर रेलवे लाइन खेतियोग्य जमिनबाट नलैजना पहल सुरु भएको छ । खेती योगय जमिन क्षेत्रबाट नेपाल सरकार रेल विभाग काडमाण्डौले पुर्व पश्चिम रेल लाइन विस्तारको अनुसन्धान गरेकोले कपिलवस्तुबासी दुखी भएका थिए ।
रेल विभाग काडमाण्डौ कपिलवस्तुको खेतीयोग्य जमिनमा रेललाईन विस्तारको परियोजना अध्ययन गरे पश्चत यहाका किसानहरु दुखी भएका हुन । तर किसानहरुको दुखमा मलम लगाउन कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य अभिषेक प्रताप शाह र नेपाली काग्रेस कपिलवस्तुका युवा नेता अजय थापा सहितको टोलीले खेती योग्य जमिन बचाउने पहल सुरु गर्न भएको छ ।
रेल विभागले कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको चम्पापुर महेन्द्र राजमर्गको उत्तर देखि शिवराज नगरपालिकाको धनगढवा, गिढौरा, मदवा, इमीलडिहवा, पुर्व रहटकोल, उत्तर रहटकोल, भलुही, बलुहवा, मझगाव, हुदै पुर्व पश्चिम रेल मार्गको सर्वे गरेको छ ।
कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य अभिषेक प्रताप शाह र नेपाली काग्रेस कपिलवस्तुका युवा नेता अजय थापा सहितको टोलील खेती योग्य जमिन बचाउनाका लागि विशेष पहल स्वरुप रेल अब वन क्षेत्रबाट लैजाने सहमती भएको छ ।
कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य अभिषेक प्रताप शाहले एलाईमेन्ट अनुसार गर्दा यहाका खेती योग्य जमिन मासिने र यहाका नागरिकहरु घरवार विहिन हुने भएकोले रेललाईनको एलाईमेन्ट धनगढवा, गिढौरा, मदवा, इमीलडिहवा, पुर्व रहटकोल, उत्तर रहटकोल, भलुही, बलुहवा, मझगावको उत्तरमा रहेको वन क्षेत्रबाट रेलमार्ग लैजना माग गर्न भएको छ ।
सांसद शाहका अनुसार पत्र बुझ्दै रेल विभाग काठमाण्डौका महानिर्देशक अनन्त आचार्यले यस विषयमा पुर्न विचारी गरी बन क्षेत्रबाट नै पुनं सर्वे गराउने बताउनु भयो ।
महानिर्देशक अनन्त आचार्यले कपिलवस्तुवासीको दुख पिडालाई मध्येनजर गर्दै जंगल क्षेत्रबाट रेल लाइन लैजना सहमत भएको बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]

(एबिसि संचार )                                                              कञ्चनपुरको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ५ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमदत्त नगरपालिका-४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा […]

(एबिसि संचार )                                                                ललितपुरको इमाडोलमा लुगा सुकाउने क्रममा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । २८ वर्षीया नुतन प्रधानको सकुशल उद्धार गरिएको सशस्त्र […]