१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

खुसीको खबर रेलवे लाइन खेतियोग्य जमिनबाट नजाने ।।

Logo
प्रकाशित मंगलबार, जेठ १५, २०७५

सनिउल्ला धोबी, कपिलवस्तु जेट १५
कपिलवस्तुका किसानहरुलाई खुसीको खबर रेलवे लाइन खेतियोग्य जमिनबाट नलैजना पहल सुरु भएको छ । खेती योगय जमिन क्षेत्रबाट नेपाल सरकार रेल विभाग काडमाण्डौले पुर्व पश्चिम रेल लाइन विस्तारको अनुसन्धान गरेकोले कपिलवस्तुबासी दुखी भएका थिए ।
रेल विभाग काडमाण्डौ कपिलवस्तुको खेतीयोग्य जमिनमा रेललाईन विस्तारको परियोजना अध्ययन गरे पश्चत यहाका किसानहरु दुखी भएका हुन । तर किसानहरुको दुखमा मलम लगाउन कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य अभिषेक प्रताप शाह र नेपाली काग्रेस कपिलवस्तुका युवा नेता अजय थापा सहितको टोलीले खेती योग्य जमिन बचाउने पहल सुरु गर्न भएको छ ।
रेल विभागले कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको चम्पापुर महेन्द्र राजमर्गको उत्तर देखि शिवराज नगरपालिकाको धनगढवा, गिढौरा, मदवा, इमीलडिहवा, पुर्व रहटकोल, उत्तर रहटकोल, भलुही, बलुहवा, मझगाव, हुदै पुर्व पश्चिम रेल मार्गको सर्वे गरेको छ ।
कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य अभिषेक प्रताप शाह र नेपाली काग्रेस कपिलवस्तुका युवा नेता अजय थापा सहितको टोलील खेती योग्य जमिन बचाउनाका लागि विशेष पहल स्वरुप रेल अब वन क्षेत्रबाट लैजाने सहमती भएको छ ।
कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य अभिषेक प्रताप शाहले एलाईमेन्ट अनुसार गर्दा यहाका खेती योग्य जमिन मासिने र यहाका नागरिकहरु घरवार विहिन हुने भएकोले रेललाईनको एलाईमेन्ट धनगढवा, गिढौरा, मदवा, इमीलडिहवा, पुर्व रहटकोल, उत्तर रहटकोल, भलुही, बलुहवा, मझगावको उत्तरमा रहेको वन क्षेत्रबाट रेलमार्ग लैजना माग गर्न भएको छ ।
सांसद शाहका अनुसार पत्र बुझ्दै रेल विभाग काठमाण्डौका महानिर्देशक अनन्त आचार्यले यस विषयमा पुर्न विचारी गरी बन क्षेत्रबाट नै पुनं सर्वे गराउने बताउनु भयो ।
महानिर्देशक अनन्त आचार्यले कपिलवस्तुवासीको दुख पिडालाई मध्येनजर गर्दै जंगल क्षेत्रबाट रेल लाइन लैजना सहमत भएको बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]