०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

कपिलवस्तुमा एक व्यक्तिको शब फेला ॥

Logo
प्रकाशित मंगलबार, जेठ १५, २०७५

राघवेन्द्र चौबे-१५ (पकडी )कपिलवस्तु
कपिलवस्तु जिल्लाको विजय नगर गाउँपालिकामा एक ५५वर्षीय बृद्ध महादेव थारुको शब फेला परेको छ I
आफ्नै घरको नजिकमा रहेको आपको बगैँचामा थारुको शब भेटिएको परिवारिक श्रोत बताएको छ I गए राति १० बजे घरछेउमा रहेको आँप बगैचामा कोही मान्छे पसेको शंका लागेर हेर्न गएका थारु नर्फके पछि घर परिवारले विहान खोजतलास गर्दा थारु मृत अवस्थामा भेटिएको थिए I राति आपँ चोर्न आएका हरुले हत्या गरेको हुन सक्ने परिवारले बताएका छन ।राति केही युवाहरुलाई उक्त समयमा देखेको थारुको पारिवारले बताएका छन । परिवारको आशंकामा प्रहरीले ८ जना युवाहरुलाई पक्राउ गरी अनुसन्धान सुरुगरको इलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी निरिक्षक खिम बहादुर घर्तीले जानकारी दिनुभयो ।घटनास्थलमा विहानै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा तथा उपाध्यक्ष लक्ष्मी चौधरी पुग्नु भएको छ । घटनाको कसरी घट्यो छिटो अनुसन्धान गरेर अपराधीलाई पक्रि कानुन अनुसार कारबार्ही गर्न अध्यक्ष थापाले प्रहरीलाई निर्देशन समेत दिनुभएको छ । थारुको शव पोस्टमाटमको लागी शिवराज अस्पताल बहादुरगंज पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]