२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सुदुरपश्चिमका पहाडी जिल्लामा वर्षा जनजीवन प्रभावित

Logo
प्रकाशित बुधबार, पुष २२, २०७७


(ABC Sanchar)
डोटी । मङ्गलबारदेखि लगातार परेको वर्षासँगै सुदुरपश्चिमका पहाडी जिल्लामा चिसो बढेको छ। चिसोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ। बैतडी, डोटी, डडेल्धुरा लगायतका क्षेत्रमा पानी परेको हो।

डोटीमा एक सरकारी तथा दुई निजी अस्पतालमा चिसोका कारण रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेको बताइएको छ।

चिसोका बिरामीमा नाकबाट पातलो सिँगान बग्ने, खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा ललित लिम्बुले जानकारी दिए।

उनका अनुसार चिसोका कारण जिल्ला अस्पतालमा २० तथा शैलेश्वरी अस्पतालमा १२ जना बिरामी भर्ना भएका छन्।

जिल्लासहित यहाँका अन्य स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बिरामीको चाप बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए।

चिसोका कारण सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित बनेका छन्।

वर्षात्का कारण जिल्लाका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, बडीकेदार, बोगटान फुड्सिल, जोरायल, सायल, पूर्वीचौकी गाउँपालिकालगायतका विभिन्न ठाउँमा बिरामीको सङ्ख्या बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपा सम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हाे । सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, […]

error: Content is protected !!