१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

भेरी नदीमा बस खस्दा एकजनाको मृत्यु दुई जना घाइते

Logo
प्रकाशित शुक्रबार, पुष २४, २०७७

 

ABC (क्राईमबिट)
सुर्खेत । दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको बस भेरि नदीमा खस्दा दाङका एक जनाको मृत्यु भएको छ ।

रिजर्भ भएर गएको उक्त बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको प्हरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।
ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा अन्य २ जना घाईते भएका छन् । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए ।

(एबिसि संचार ) कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–१ स्थित भजनी–सुखड सडक खण्डमा से १ त ८६३५ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१०१० प ९०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

(एबिसि संचार )                                                                        हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५, का अन्दाजी ३५ वर्षीय फागुने […]