२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङको राप्ती गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र

Logo
प्रकाशित शुक्रबार, पुष २४, २०७७

 

(ABC Sanchar)
दाङ । नागरिकलाई आयुर्वेदिक पद्धतिद्धारा उपचार सेवा दिनका लागि राप्ती गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सुरु गरिएको छ । सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेदिक पद्धतिद्धारा नागरिकको उपचारमा सहयोग पु¥याउन राप्ती गाउँपालिकाको कार्यालय मसुरीया, राप्ती आयुर्वेदिक चिकित्सालय, तुलसीपुर, प्रादेशिक आयुर्वेदिक चिकित्सालय बिजौरीको पहलमा वडा नं. २ को लालमटियामा कविराज सहितको सेवा केन्द्र उद्घाटन गरिएको हो ।

निरोगी व्यक्तिलाई रोग नलागोस् भनेर स्वास्थ्य रक्षा गर्ने र रोग लागि सकेपछि उपचार गर्ने आयुर्वेद चिकित्सा पद्धतिको सुरु राप्ती क्षेत्रमा निशुल्क हुन थालेकोमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले खुसी व्यक्त गरेका छन् । अध्यक्ष सुवेदीले बिरामी भइहालेमा उपचार गर्ने प्रक्रिया मानव जातीको सभ्यताको सुरुवातसँगै आयुर्वेद चिकित्साको उत्पत्ति भएकोमा पौराणिक ग्रन्थ, वेदहरूमध्ये अथर्ववेदमा आयुर्वेद चिकित्सा पद्धतिको वर्णन अनुसार अन्य चिकित्सा पद्धति पनि विकास भएको र ती सबैको आधार भनेको आयुर्वेद चिकित्सा पद्धति रहेकोले यो भरपर्दो र उपलब्धी पुर्ण रहेको बताए ।

नागरिक आरोग्य सेवा केन्द्र सबै रोगका बिरामी चेकजाँच गरिने र खास गरी बिरामीको प्रकृति अनुसार सम्भव हुने रोगहरूको मात्र उपचार गरिने साथै काया चिकित्सा पेटका रोगहरू, जन्डिस, सलाक्य नाक–कान र घाँटी, शय चिकित्सा शल्य चिकित्सा, श्वास, कास छातिसम्बन्धी रोग, एनोरेक्टल रोग पायल्स, फिस्टुला, स्त्री चिकित्सा, महिनावारी गडबडी लगायतका रोगहरूको उपचार गरिने चिकित्सक मदन कुमार बिसीले जानकारी दिए ।

राप्ती आयुर्वेदिक चिकित्सालय तुलसीपुरका चिकित्सक मदन कुमार बिसीको अध्यक्षता, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यतामा भएको नागरिक आरोग्य सेवा केन्द्र उद्घाटन कार्यक्रममा राप्ती गाँउपालिका उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, प्रादेशिक आयुर्वेदिक चिकित्सालयका निमित्त निर्देशक गोकर्ण दाहाल, वडा नं. २ का वडा अध्यक्ष जगत बहादुर थापा, स्वास्थ्य शाखा संयोजक नारायण राउत लगायतले सेवा केन्द्रले समाजमा सकारात्मक प्रभाव पार्दै बिरामीको रोग निर्मुल पार्न उल्लेख्य भुमिका खेल्ने भन्दै शुभकामना व्यक्त गरेका थिए ।

प्रारम्भिक चरणमा सामान्य उपचार संगसंगै तत्कालै विशेष उपचार पद्धति सुरु गरिने चिकित्सक बिसीले बताए । देउखुरी उपत्यकामा चौथो आयुर्वेदिक सेवा केन्द्र र दाङमा पहिलो नागरिक आरोग्य सेवा केन्दको रुपमा रहेको यस नागरिक आरोग्य सेवा केन्द्रले राप्ती गाउँपालिका तथा आसपास क्षेत्रका सेवाग्राहीलाई सेवा दिने मुख्य लक्ष्य रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]