२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

अनिवार्य अवकास भएर जानेलाई बिदाई गर्दै बाँके एसपी: राना

Logo
प्रकाशित शनिबार, पुष २५, २०७७


(सागर थापा /महेन्द्र सिंह) बाँके।नेपाल प्रहरी संगठनमा प्रवेश गरि देशका विभिन्न जिल्लाहरुमा अनवरत रुपमा देश र जनताप्रति निष्ठापुर्वक समर्पित भई संगठनले दिईएको जिम्मेवारीलाई त्रुटिरहित ढंगले ईमान्दारिताका साथ सफल कार्यकाल पुरा गरि सेवा अवधिको आधारमा अनिवार्य अवकास भई जान लाग्नु भएका प्र.ना.नि. तथा प्र.स.नि.हरुलाई जि.प्र.का.बाकेको तर्फबाट बिदाई तथा शुभ-कामना कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा अवकास भई जान लाग्नु भएका प्र.ना.नि.तथा प्र.स.नि.हरुले आफु संगठनमा रहदा सदैव संगठनको हित हुने काम गरेको र अवकास पछि दिनमा पनि संगठनलाई हित हुने काम गर्छु भन्दै प्रहरी सेवाबाट अवकास भएता पनि संगठनको सदस्य सदैव रहि रहने भएकोले अवको नागरिक जिवनमा समेत प्रहरी संगठनलाई सहयोग हुने काममा निरन्तर लाग्ने अभिव्यक्ति व्यक्त गर्दै विभागले आवश्यक ठानेको बखतमा अवकास पछिको दिनमा पनि देश र जनताको निमित्त सदैव तत्पर रहने छु भन्दै आफ्नो मनतव्य व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा यस कार्यालय प्रमुख प्र.उ.ओम बहादुर रानाज्यूले आज अवकास भई जान लाग्नु भएका प्र.ना.नि तथा प्र.स.नि.हरुले नेपाल प्रहरी संगठनमा रहि ईमान्दारीताका साथ संगठनलाई दिएको अमुल्य योगदान प्रति उच्च सम्मान व्यक्त गर्दै जि.प्र.का.बाँकेको तर्फबाट मायाको चिनो प्रदान गर्दै अवकास पछिको व्यक्तिगत तथा पारिवारिक जिवन सुखमय रहोस भनि शुभ-कामना व्यक्त गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]