
(तेज वली)
दाङ । तुलसीपुर उपमहानगरपालीका ४ सुगुर खोला टोल स्थित ग्वारखोलाको किनारमा एक वेवारिसे शव फेला परेको छ । पहिचान नखुलेका अन्दाजी ५५/६० बर्षको पुरुषको शुक्रबार विहान शव फेला परेको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहका अनुसार शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको बताए ।