०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

आइलाग्ने माथि अब सहेर बसिन्न: अध्यक्ष शक्ति ।।

Logo
प्रकाशित शनिबार, जेठ १९, २०७५

कपिलवस्तु जेठ १९, नेपाल तरुण दलको केन्द्रीय परिपत्र अनुसार आज देशै भरी तरुण दल वडामा हुने कार्यक्रम अनुरुप बाणगङगा वडा ३ र ४ को संयुक्त प्रशिक्षण कार्यक्रम तरुण दल वडा सभापति द्वय हरि पुन एवम सन्तोस पाण्डे को संयुक्त अध्यक्षतामा सप्पन्न भयो कार्यक्रम मा प्रमुख अतिथिको आशन बाट बोल्दै तरुणदल का जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी ज्युले देशमा अधिनायकवाद आउन लागेको त्यसका लागि उर्जावान युवा हरु मिलि सामना गर्नु पर्ने बताउनु भयो अझ बोल्दै उहाले युवाहरु भोलिका भबिस्य हैननकी बर्तमानका साझेदार पनि हुन अब कोहि कुनै युवा बिदेश जानू बाट रोक्नु पर्ने र त्यसका लागी तरुण दलले अब कार्ययोजना बनाउने र युवा हरु लाई स्वरोजगार बनाउनका लागि सुरुवात गर्ने छ र कोहि कसै तरुण युवा माथी कसैले हेप्ने प्रवृत्ति राखेमा जाइलाग्ने बताउनु भयो कार्यक्रताको संरक्षण नै युवाको जिम्मेवारी रहेको र त्यो तरुण दल कपिलवस्तु ले गर्ने बताउनु भयो कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बोल्दै बाणगङगा नगर कार्यसमिति का अध्यक्ष बिष्णु थापा ,टेकबहादुर शाही ज्यु ले अब युवा हरु एकजुट भएर अगाडि बढनु पर्ने त्यसका लागि जस्तो सुकै परिस्थिति आइपरे पनि सामना गरेर न आत्तिएर धैर्यताका साथ लगनशील र उदाहरणिय बन्नु पर्ने बताउनु भयो कार्यक्रममा तरुण दल का छेत्रीय सभापति तिलक थापा ,नेपाली काङ्ग्रेस बाणगङगा वडा न ३ र ४ का अध्यक्ष द्वय खिमानन्द पाण्डे,शंकर पौडेल ,बाणगङगा वडा ४का वडा सदस्य ऋषिराम थारु, प्रशुराम ग्यवाली,बिष्णु पौडेल,नेबिसङ्घ छेत्रीय सभापति चन्द्रकान्त पोख्रेल,स्ववियु सदस्य हरि ढुङगाना, तिलक पाण्डे,अनिता खनाल,लगाएतको आतिथ्यतामा सप्पन्न भयो कार्यक्रमको संचालन नेबिसङघ सिद्धार्थ क्याम्पसका इकाई सभापति तरुण नेता दिनेश छेत्रीको संचालनमा स्वागत मन्तव्य सास्कृतिक सङ्घ का छेत्रीय सभापति तरुण नेता चन्द्रकान्त पोखरेल को स्वागतमा बिपि स्मृति भवन गजेहडा मा सम्पन्न भयो कार्यक्रममा दुई वडाका गरि ६० जना युवा लाई प्रशिछित गरिएको थियो प्रशिक्षण मा युवाहरुलाई ब्यतिगत तथा सामाजिक आत्मसम्मान, राजनैतिक एवम समसामयिक विषयक प्रशिक्षण दिइएको थियो कार्यक्रम मा सहभागीले बोल्दै यो प्रशिक्षण कार्यक्रम ले हामिले गाउँ गाउमा गएर सङगठन गर्नकालागी सहज हुने र आफ्नो ब्यक्तिगत बिकाश का लागि अन्त्यतै उपयोगी भएको बताउनु भएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन् सोङमार्फत जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री बुझेका छन् । आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मूल्य बराबरको सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । नेपाल र चीन ऐतिहासिक […]

  (ABC-Sanchar) काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कात्तिक १२ गते नेपाल आउँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य […]

  (ABC-Sanchar) काठमाडौं । जिउक्वान चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ। चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ। उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर […]