१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

काम बिहिन बन्यो कपिलवस्तुका छोटी भन्सार कार्यलय ॥

Logo
प्रकाशित सोमबार, जेठ २१, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु

भौतिक पूर्वाधारको अभाव र असुरक्षाका कारण देखाउँदै कपिलवस्तुका केही छोटी भन्सार कार्यालय वर्षौंदेखि सञ्चालनमा आउन सकेका छैन । माओवादीको द्वन्द्वको समयमा विस्थापित ५ वटा छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा राजस्व असुलीमा कठिनाई हुँदै आएको छ । छोटी भन्सारको नाकामा राजस्व असुल्ने शून्य छ भने चोरी तस्करी व्यापक हुँदै आएको छ I छोटी भन्सार कार्यालयहरू सञ्चालनमा नआउँदा दैनिक लाखौँ रुपैयाँ बराबरको सामान चोरी–पैठारी भइरहेको छ । अहिले जिल्लाको हथिहवा, गौरा,रँगपुर , कुशहवा र हर्दौनाका छोटी भन्सार कार्यालयहरु सञ्चालनमा आएको छैना I मुख्य भन्सार नाका कृष्णनगर र छोटी भन्सार नाका मर्यादपुर, चाकलचौडा, भिल्मी र हरिहरपुर मात्र सँचालनमा आएको छ I १४ वर्ष बितीसक्दा विस्थापित भएका यी छोटी भन्सार नाकाको भौतिक पूर्वाधार जीर्ण बने पुनःस्थापना गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । छोटी भन्सार नाका पुनःस्थापना नगरिँदा सरकारलाई वार्षिक १ करोडको हाराहारीमा राजस्व घाटा भइरहेको छ । वर्षौंदेखि ती नाकाबाट एक रुपैयाँ पनि राजस्व नउठेको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ । यी नाकाबाट तस्करहरूले साइकल तथा मोटरसाइकलमा दिनहुँ भारतबाट अवैधरूपमा मालसामान जिल्लामा भित्र्याउने गरेका छन् ।सीमा क्षेत्रमा रहेका प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर ती नाकाबाट तस्करी हुने गरेको स्रोतको भनाइ छ । कुखुराका चल्ला, दाल, चामल, चिनी, नुनलगायतका दैनिक उपभोग्य सामानदेखि इलेक्ट्रोनिक सामान पनि यिनै नाकाबाट गैरकानुनी रूपमा खुलेयाम भित्रिरहेका छन् ।यसैबीच मायादेवी गाउँपालिका कपिलवस्तु वडा नम्बर एक को अधक्ष्य हरिगोविन्द चौधरीले भने की स्थित छोटी भन्सार कार्यालय भग्नावशेषमा परिणत भएको छ । भन्सार कार्यालयको झ्याल ढोका चोरी भएर दुई तल्लाको संरचना रहेको कार्यालय बंकरजस्तै बनेको छ । पहिले सुठौली छोटी भन्सार कार्यालयबाट कर्मचारी खटिन्थे, तर शान्ति प्रक्रियाको १२ वर्ष बित्दा पनि भन्सार सञ्चालनमा आउन सकेना अध्यक्ष हरि गोविन्द चौधरीले भने, “छोटी भन्सार पुनःस्थापनाका लागि कुनै पहल गरिएको छैन ।” हथिहवामा रहेको भन्सार कार्यालयको अवस्था पनि उस्तै छ । कार्यालय सञ्चालनमा आउन नसकेपछि ती भन्सार कार्यालयमा कर्मचारीसमेत खटाइएको छैन । पूर्वाधार अभाव, असुरक्षा र जनशक्तिको अभावले छोटी भन्सार नाका पुनःस्थापित गर्न नसकेको कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यप्रसाद खड्का बताउनु हुन्छ । सञ्चालन हुन नसकेका छोटी भन्सार नाकामध्ये गौरा र हर्दौना भन्सारका भवनको भग्नावशेष बाँकी रहे पनि अन्यमा भने संरचनासमेत नभएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!