१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

काम बिहिन बन्यो कपिलवस्तुका छोटी भन्सार कार्यलय ॥

Logo
प्रकाशित सोमबार, जेठ २१, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु

भौतिक पूर्वाधारको अभाव र असुरक्षाका कारण देखाउँदै कपिलवस्तुका केही छोटी भन्सार कार्यालय वर्षौंदेखि सञ्चालनमा आउन सकेका छैन । माओवादीको द्वन्द्वको समयमा विस्थापित ५ वटा छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा राजस्व असुलीमा कठिनाई हुँदै आएको छ । छोटी भन्सारको नाकामा राजस्व असुल्ने शून्य छ भने चोरी तस्करी व्यापक हुँदै आएको छ I छोटी भन्सार कार्यालयहरू सञ्चालनमा नआउँदा दैनिक लाखौँ रुपैयाँ बराबरको सामान चोरी–पैठारी भइरहेको छ । अहिले जिल्लाको हथिहवा, गौरा,रँगपुर , कुशहवा र हर्दौनाका छोटी भन्सार कार्यालयहरु सञ्चालनमा आएको छैना I मुख्य भन्सार नाका कृष्णनगर र छोटी भन्सार नाका मर्यादपुर, चाकलचौडा, भिल्मी र हरिहरपुर मात्र सँचालनमा आएको छ I १४ वर्ष बितीसक्दा विस्थापित भएका यी छोटी भन्सार नाकाको भौतिक पूर्वाधार जीर्ण बने पुनःस्थापना गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । छोटी भन्सार नाका पुनःस्थापना नगरिँदा सरकारलाई वार्षिक १ करोडको हाराहारीमा राजस्व घाटा भइरहेको छ । वर्षौंदेखि ती नाकाबाट एक रुपैयाँ पनि राजस्व नउठेको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ । यी नाकाबाट तस्करहरूले साइकल तथा मोटरसाइकलमा दिनहुँ भारतबाट अवैधरूपमा मालसामान जिल्लामा भित्र्याउने गरेका छन् ।सीमा क्षेत्रमा रहेका प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर ती नाकाबाट तस्करी हुने गरेको स्रोतको भनाइ छ । कुखुराका चल्ला, दाल, चामल, चिनी, नुनलगायतका दैनिक उपभोग्य सामानदेखि इलेक्ट्रोनिक सामान पनि यिनै नाकाबाट गैरकानुनी रूपमा खुलेयाम भित्रिरहेका छन् ।यसैबीच मायादेवी गाउँपालिका कपिलवस्तु वडा नम्बर एक को अधक्ष्य हरिगोविन्द चौधरीले भने की स्थित छोटी भन्सार कार्यालय भग्नावशेषमा परिणत भएको छ । भन्सार कार्यालयको झ्याल ढोका चोरी भएर दुई तल्लाको संरचना रहेको कार्यालय बंकरजस्तै बनेको छ । पहिले सुठौली छोटी भन्सार कार्यालयबाट कर्मचारी खटिन्थे, तर शान्ति प्रक्रियाको १२ वर्ष बित्दा पनि भन्सार सञ्चालनमा आउन सकेना अध्यक्ष हरि गोविन्द चौधरीले भने, “छोटी भन्सार पुनःस्थापनाका लागि कुनै पहल गरिएको छैन ।” हथिहवामा रहेको भन्सार कार्यालयको अवस्था पनि उस्तै छ । कार्यालय सञ्चालनमा आउन नसकेपछि ती भन्सार कार्यालयमा कर्मचारीसमेत खटाइएको छैन । पूर्वाधार अभाव, असुरक्षा र जनशक्तिको अभावले छोटी भन्सार नाका पुनःस्थापित गर्न नसकेको कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यप्रसाद खड्का बताउनु हुन्छ । सञ्चालन हुन नसकेका छोटी भन्सार नाकामध्ये गौरा र हर्दौना भन्सारका भवनको भग्नावशेष बाँकी रहे पनि अन्यमा भने संरचनासमेत नभएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

error: Content is protected !!