०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

अपराध महाशाखाले धनगढीमा गोली प्रहार गरी पैसा लुट्ने समूहहरु गोंगबुबाट पक्राउ

Logo
प्रकाशित सोमबार, जेठ २१, २०७५

(सागर थापा दाङ)

धनगढीमा एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१ मेन रोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने समूहका योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना छन् । उनीसँगै कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबु क्षेत्रबाट सोमबार बिहान पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले बताए ।

सिंहका अनुसार राना घटनाका मुख्य योजनाकार हुन् । ‘घटनामा उनैले आईएमईका कर्मचारीमाथि गोली प्रहार गरेका थिए’, सिंहले भने, ‘उनीहरु ९ लाख ५० हजार रुपैयाँ लुटेर फरार रहेको सुचना प्राप्त भएपछि हामीले निगरानी बढाएका थियौं ।’

यसअघि १३ जेठमा सिद्धार्थ बैंकबाट पैसा झिकेर आफू कार्यरत आईएमईमा जाँदै गर्दा धनगढी-३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको थियो । बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएकाहरूले गाेली प्रहार गरेर रकम लुटेका थिए ।

स्रोतका अनुसार कल्लुले गोलीले प्रहार गरेर लुटेको स्वीकार गरिसकेका छन् ।

उनी यसअघि पनि जबरजस्तीकरणी मुद्दामा सजाय भोगिसकेका व्यक्ति हुन् । ०६८ सालमा कञ्चनपुरमा उनी पक्राउ परेर ६ वर्ष कैद भुक्तान गरी ०७४ माघमा छुटेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन […]

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि दर्ता गराएको आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए। डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सम्बोधन गर्दै उम्मेदवारी फिर्ता गर्ने निर्णय सार्वजनिक गरेका हुन्। उनले गोरखा-२ का स्थानीय नागरिक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबाट आएको […]

काठमाडौं । भक्तपुरको मध्यपुरथिमी-२ सानोठिमीस्थित बाल सुधार गृहमा कुटाकुट भएको छ। बिहीबार राति १० बजेतिर बाल सुधार गृहमा राखिएका दुई समूहबीच कुटाकुटसँगै आगजनी र तोडफोड समेत भएपछि अवस्था तनावग्रस्त बनेको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले बाल सुधार गृहमा राखिएका दुई पक्षबीच  बिहीबार राति कुटाकुट भएको र अहिले अवस्था सामान्य भइसकेको जानकारी दिए। डीएसपी […]

error: Content is protected !!