०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

‘कमरेड रोल्पा’ विमोचन

Logo
प्रकाशित मंगलबार, जेठ २२, २०७५

लिवाङ, जेठ २१ । राज एकान्तको कविता संग्रह ‘कमरेड रोल्पा’ विमोचन गरिएको छ । रोल्पा नगरपालिका, लिबाङमा आयोजित बृहत साहित्य सम्मेलन–२०७५ को उदघाटन सत्रमा ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्व सभामुख ओनसरी घर्तीले संयुक्त रुपमा कविता संग्रह विमोचन गरेका हुन् ।
संग्रहमा ४१ वटा कविताहरू छन् । कवितालाई पाँच खण्डमा बाँडिएको छ जसमा ‘ढुंगाको निबन्ध’, ‘लाहुरे अनुहार’, ‘कमरेड रोल्पा’, ‘प्रेमाख्यान’ र ‘गाउँ र आमा’ खण्ड अन्तरगत बिभिन्न शिर्षकका कविताहरू समाबेश गरिएका छन् ।
शिखा बुक्सले बजारमा ल्याएको ‘कमरेड रोल्पा’ कविता संग्रहको मूल्य २०० रुपैयाँ राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!