२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

मोरङमा प्रहरीलाई कुटपिट गर्ने एकजना युवक पक्राउ

Logo
प्रकाशित सोमबार, माघ २६, २०७७

 

ABC क्राईमबिट
मोरङ । प्रहरी कर्मचारीलाई कुटपिट गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

को.१४ प ७६३ नम्बरका मोटरसाइकल चालक जहदा गाउँपालिका-७ तारेगाना बस्ने २१ वर्षीय बब्लु साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका-५ स्थित नेपालबाट भारततर्फ डिजेल ओसारपसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उक्त मोटरसाइकलमा करिब १ सय ५० लिटर डिजेल सहित फेला पारी बब्लुलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरी कर्मचारीलाई नै कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!