२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

ठाकुर सिंह थारुको धम्कीले फोकल पर्सन ओलीले दिए राजीनामा

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७


(ABC संचार ब्युरो)
बाँके । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । पत्रकारहरुको लागि लगाइने कोरोना खोपको विषयलाई लिएर फोकल पर्सन ओलीले आज आफ्नो फेसबुक मार्फत राजिनामा दिएको जानकारी गराएका छन् । आफ्नो ज्यानको बेवास्ता गर्दै कोरोना महामारीमा अहोरात्र खटिएर सेवा गर्दा गर्दै आफुलाई नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले पत्रकारलाई कोरोना खोप लगाउन रोक लगाएको आरोप लगाइएपछि फोकल पर्सन ओलीले राजिनामा दिएको जानकारी गराएका हुन् । डिसीसीएम्सी बाँकेले पत्रकारहरुलाई कोरोना खोप लगाउने निर्णय गरेपछी फोकल पर्सन ओलीले बाँकेका सबै पत्रकारहरुलाई शुक्रवारदेखि भेरी अस्पतालमा कोरोना खोप लगाउने जानकारी दिएका थिए।तर, त्यस्को केही घन्टा बित्न नपाउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्रको पालना गर्दै स्वास्थ्य कार्यालय बाँकेले खोप लगाउन हाललाई नमिल्ने जानकारी गराएको ओलीले बताए । आफुले निस्वार्थ कार्य गर्दा गर्दै पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले डिसीसीएम्सी बन्द गर्ने वा फोकल पर्सनबाट राजिनामा दिने र विभिन्न तीन पुस्ते पत्ता लगाउछु भनी धम्की दिएपछि मैले डिसीसीएम्सी जस्तो गरिमामय संस्थालाई बचाउनलाई उनले राजिनामा दिएको बताए । एउटा पत्रकार महासंघको गरिमामय पदमा बसेको ब्यक्तिले नेपाल सरकारको निर्देशन पालना गरिरहेको कर्मचारीलाई यसरी सामाजिक संजाल अभद्र व्यबहार गर्नु नीति बिपरित रहेको ओलीले भने।अरुको सेवा गर्दा गर्दै आफू पनि कोरोना संक्रमित भएका ओलीले कोरोना महामारी सुरुभएदेखि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन ब्यबस्थापकको रुपमा कार्य गरिसकेका हुन् । अब हेर्नुहोस ओलीको फेसबुक स्टाटस र कमेन्ट जस्ताको तस्तै।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]