२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काठमाडौंमा प्रचण्ड माधव र ओली पक्षका विद्यार्थीबीच आरआर क्याम्पसमा झडप

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०४, २०७७

ABC Sanchar
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्ष र ओली पक्षका विद्यार्थीबीच झडप भएको छ ।

प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा दुई पक्षका विद्यार्थीबीच झडप हुँदा चार जना घाइते भएका छन् ।

मंगलबार (आज) बिहान क्याम्पसमा सरस्वती पूजा गर्ने विषयमा विवाद हुँदा झडप भएको स्ववियु सभापति तपेन्द्रजंग शाहीले बताए ।

दुबै पक्षले सरस्वती पुजाको आयोजना गरेपछि झडपको स्थिति बनेको बताइएको छ । आफूहरुकोमाथि ओली पक्षका कार्यकर्ताले कुटपिट गरेको आरोप प्रचण्ड माधव पक्षले लगाएको छ ।

ओली पक्षले भने आफूहरुले आयोजना गरेको सरस्वती पूजाको कार्यक्रममा प्रचण्ड माधव पक्षका विद्यार्थी नेताहरुले अवरोध गर्न खोजेपछि झडप भएको बताएको छ ।

झडपमा परि प्रचण्ड माधव पक्षका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत घाइते भएका छन् ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) भित्र असन्तुष्ट रहेकाहरू आन्दोलनमा छन् । प्रचण्ड- माधव समूह आन्दोलनको कार्यक्रम नै घोषणा गरेर सडकमा उत्रिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!