२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

बर्दिया सशस्त्र प्रहरीले लाखौं मूल्यको अवैध सामाग्री पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७

(महेन्द्र सिंह)
बर्दिया।सशस्त्र प्रहरी बर्दियाले एक लाख बढीको अवैध सामग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया र मातहतका इकाईहरुबाट खटिएको सीमा गस्ती र पिकेट टोलीले भारतबाट चोरी पैठारी गरी आज नेपालतर्फ भित्र्याउँदै गरेको भाँडावर्तन, सुर्तीजन्य पदार्थ, मोटर पार्ट्स र किराना सामान बरामद गरेको हो ।

बरामद गरिएका सामग्री आवश्यक कारवाहीका लागि छोटी भन्सार कार्यालय गुलरिया पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।बर्दिया जिल्लाका सीमा नाकाहरुमा विओपीहरु बिस्तार भएसँगै सशस्त्र प्रहरीको सक्रियता र उपस्थिति बढ्दै गएको छ। यसबाट सीमा सुरक्षा व्यवस्थापनमा सुधार हुँदै जानुका साथै तस्करीजन्य गतिविधि नियन्त्रण हुँदै गएको बर्दिया सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]