११ चैत्र २०८१, मंगलबार
25-03-2025 , Tue
×

ट्रक प्रतिबन्धित खेसरीको दालसहित तीन जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ २५, २०७५

(महेन्द्र सिंह नेपालगन्ज)
बाँके प्रहरीले एक ट्रक (२१ टन) प्रतिबन्धित अकडा (खेसरी) को दाल बरामद गरेको छ । ५ नम्बर प्रदेश अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार बिहान करिब ४ बजे कोहलपुर–१२ चप्परगौडीबाट खेसरीको दाल बरामद गरेको हो । ट्रकमा लोड गरेर बर्दियाको भुरीगाउँबाट जनकपुर लैजाँदै गरिएको अवस्थामा खेसरीको दाल बरामद गरिएको ब्यूरोका प्रहरी नायब निरीक्षक विष्णु गिरीले जानकारी दिए ।
प्रहरीले प्रतिबन्धित दाल ओसारपसारमा संलग्न बर्दिया ठाकुरबाबा न.पा–१ का २९ बर्षीय अब्दुल रहमान, ठाकुरबाबा–१ भुरीगाउँका २६ बर्षीय टेक बहादुर थारु र राप्ती सोनारी गाउँपालिका–६ का २८ बर्षीय देव बहादुर वलीलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

error: Content is protected !!