२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

शंकास्पद चक्लेट चुरोटसहित विमानस्थलबाट १ जना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण १९, २०७७

ABC Sanchar
काठमाडौं । शंकास्पद चुरोट र चक्लेट बोकेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना यात्रु पक्राउ परेका छन् । पक्राउ पर्नेमा कतार जाँदै गरेका नेपाली नागरिक छन् ।

फागुन १८ गते (मंगलबार) हिमालय एयरको उडानमार्फत काठमाडौंबाट कतारको दोहा उड्न लागेका महोत्तरीका जाकिर शेखलाई प्रहरीले पक्राउ गरेको हो । महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नम्बर १ स्थायी घर भएका शेखलाई विमान चढ्नु अगाडि प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज (एक्स-रे)मा चेकजाँच गर्ने क्रममा शेखको ब्यागेजमा शंकास्पद आकृति देखिएको थियो ।

उक्त लगेज खोली हेर्दा ‘बंगाली दोस्ती मिक्स असर्ट क्यान्डी’ लेखिएको रातो रंगको प्याकेटभित्र शंकास्पद चक्ले र चुरोट फेला परेको प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।

रातो रंगको प्याकेट भित्र चारमिनार गोल्ड मुनक्का लेखिएको संकास्पद चकलेट ३७ थान र शिखर आईस रस लेखिएको संकास्पद तरिकाले भरिएको ७ थान चुरोट फेला परेको प्रहरीको भनाइ छ ।

सो सम्बन्धमा थप अनुसन्धानका लागि पक्राउ परेका शेख र उनको साथबाट बरामद भएको चक्लेट र चुरोटलाई महानगरीय प्रहरी बृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो । नेपालमा उत्पादन बढेको र भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो […]

२५ वर्षीया सन्ध्या पेसाले शिक्षक हुन् । उनीसँग ३४ वर्षीय साजन फेसबुकमार्फत जोडिन्छन् । सन्ध्याको मनमोहक रूप तथा आकर्षक शारीरिक बनावटबाट मन्त्रमुग्ध भएका साजन उनलाई फकाउन ब्रिटिस आर्मी भन्दै अनेकन् प्रलोभन देखाउँछन् । उनको प्रलोभनमा युवती पनि मोहित हुँदै जान्छिन् । त्यो मोहजाल केही समयमै ‘लिभिङ टुगेदर’मा परिणत हुन्छ । नयाँबजारस्थित डेरामा ‘लिभिङ टुगेदर’ रिलेसनको […]

काठमाडौं । साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । प्रसाईँलाई  गत शुक्रबार नेपाल प्रहरीले प्रसाईँलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं सार्वजनिक शान्ति विरुद्धको कसुरमा गत माघ ५ मा […]

error: Content is protected !!