२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

दाङ प्रहरीको विद्यार्थी लक्षित चेकजाँच अभियान सुरू

Logo
प्रकाशित सोमबार, फाल्गुण २४, २०७७

 

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कलेज पढ्ने विद्यार्थी लक्षित गरी चेकजाँच अभियान सुरू गरेको छ । दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरूलाई लक्षित एम्वुसिङ अभियान सञ्चालन गरिएको हो ।

दुर्घटनाको दर वृद्धि हुन नदिन र चालक अनुमतिपत्र विना सवारी साधन चलाउने विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई चेकजाँच गर्न लागिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

चेक जाँचको क्रममा सवारी चालक अनुमतिपत्र विना सवारी साधन चलाउने १ दर्जन सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रबक्ता डिएसपी रिजालले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दाङले कलेज लक्षित अभियान १ महिना सम्म सञ्चालन गरिने र सुधार नआए थप हुने प्रबक्ता डिएसपी रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!