०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

प्रहरीले गल्ती गरे २४ घन्टा भित्र ठाँउ ठाँउको कार्वाही गर्छु दाङ एसपी चंन्द

Logo
प्रकाशित बुधबार, फाल्गुण २६, २०७७


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले प्रहरी कर्मचारीले कुनैपनि गल्ती गर्छ भने २४ घन्टा भित्र ठाँउको ठाँउ कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै । साथै अत्यन्तै न्यून सङ्ख्यामा रहेका ट्राफिक प्रहरीलाई बढ्दो सवारी साधनहरुकाे चाँपले गर्दा त्यसको व्यवस्थापन गर्नुमा गाह्राे रहेको बताएका छन् । एसपी चंन्दलाई २०६४ सालदेखिनै राज्यले सो जिम्मेवारी सुम्पेको भय तापनि जिल्लामा दैनिक रूपमा गुणात्मक तरिकाले बढिरहेका सवारीसाधनहरुलाई अंकगणितका हिसाबले भर्ना गरिने ट्राफिक प्रहरी कर्मचारीहरुबाट उचित ध्यान दिन हम्मेहम्मे परिरहेको यथार्थ झल्काए ।आवश्यक ट्राफिक प्रहरी कर्मचारीहरुको अभावको कारण नै सवारी साधनहरुको दुर्घटना न्यूनीकरणमा आशा गरिएको जति उपलब्धि हुन नसकेकोमा दाङ एसपी चन्दले दुखेसो गरे । जेजस्तो अवस्थाबाट गुज्रिएर भएपनि ट्राफिक लगायत नेपाल प्रहरीले अहोरात्र खटेर देश तथा नागरिकको सेवा सुरक्षाको प्रत्याभूति दिन सकेकोमा नेपाल प्रहरी सङ्गठनका हिसाबले खुशी व्यक्त गरे । नेपाल प्रहरी अाम नागरिकको सेवा सुरक्षार्थ तैनाथ एउटा छुट्टै गौरव र गाथा बोकेको संगठन भएकाले समाजका सबै तह तप्का वर्गका आम नागरिकहरुको साथ सहयोग प्राप्त भएमा मात्र लक्ष्य प्राप्ति गर्न सकिने औंल्याए । एबिसी संचार र खबर 24 नेपालसंग कुराकानी गर्ने क्रममा दाङका प्रहरी प्रमुख एसपी चन्दले बताएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। १०१ जना घाइते भएका छन्। यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो। जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए। दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि […]

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]