२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

यसकारण जन्मथलो पुगे डा.उपेन्द्र देवकोटा

Logo
प्रकाशित शनिबार, जेठ २६, २०७५

जेठ २६ गोरखा ः बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई आफ्नो जन्म घर पालुंटार नगरपालिका ४ स्थित पण्डित गाउँमा लगिएको छ । न्यूरो अस्पतालबाट हेलिकोप्टरमा सिधै उनलाई उनको पुर्खौली घर पुर्याइएको हो । डा. देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेका थिए ।डा. देवकोटाका भाई प्रदिप चन्द्रले जानकारी दिए ।हेलिकोप्टर ल्याण्ड भएको ठाउँबाट करिब १० मिनेट स्टेचरमा बोकेर उनलाई आफन्तले घर पुराए । उनलाई केहीबेर पुर्खौली घरमा राखेर काठमाडौं फर्काउने तयारी छ। डाक्टर देवकोटालाई लिएर उनका तीन छोरी पण्डित गाउँ आएका छन् । देवकोटालाई घर पुर्याईएपछी पण्डित गाउँको सिस्नेपानी धाराको पानी समेत खुवाइएको छ । अक्सिजन लगाएरै हेलीकोप्टर मार्फत घर ल्याइएका देवकोटाले केही दिन अघि मात्रै घर जाने र सिस्नेपानी धाराको पानी खाने इच्छा ब्यक्त गरेका थिए । उनकै इच्छा अनुसार छोरी सिलुले सिस्नेपानी धाराबाट थापेर ल्याएको पानी उनले खाएका हुन् । देवकोटाको घरबाट सिस्नेपानी धारा पाँच मिनेटको दुरीमा पर्ने स्थानीयले जानकारी दिए ।पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!