०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

यसकारण जन्मथलो पुगे डा.उपेन्द्र देवकोटा

Logo
प्रकाशित शनिबार, जेठ २६, २०७५

जेठ २६ गोरखा ः बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई आफ्नो जन्म घर पालुंटार नगरपालिका ४ स्थित पण्डित गाउँमा लगिएको छ । न्यूरो अस्पतालबाट हेलिकोप्टरमा सिधै उनलाई उनको पुर्खौली घर पुर्याइएको हो । डा. देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेका थिए ।डा. देवकोटाका भाई प्रदिप चन्द्रले जानकारी दिए ।हेलिकोप्टर ल्याण्ड भएको ठाउँबाट करिब १० मिनेट स्टेचरमा बोकेर उनलाई आफन्तले घर पुराए । उनलाई केहीबेर पुर्खौली घरमा राखेर काठमाडौं फर्काउने तयारी छ। डाक्टर देवकोटालाई लिएर उनका तीन छोरी पण्डित गाउँ आएका छन् । देवकोटालाई घर पुर्याईएपछी पण्डित गाउँको सिस्नेपानी धाराको पानी समेत खुवाइएको छ । अक्सिजन लगाएरै हेलीकोप्टर मार्फत घर ल्याइएका देवकोटाले केही दिन अघि मात्रै घर जाने र सिस्नेपानी धाराको पानी खाने इच्छा ब्यक्त गरेका थिए । उनकै इच्छा अनुसार छोरी सिलुले सिस्नेपानी धाराबाट थापेर ल्याएको पानी उनले खाएका हुन् । देवकोटाको घरबाट सिस्नेपानी धारा पाँच मिनेटको दुरीमा पर्ने स्थानीयले जानकारी दिए ।पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!