१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

गौमुखी संरक्षित वन कार्यक्रम अलपत्र

Logo
प्रकाशित आइतबार, जेठ २७, २०७५

प्युठान जेठ २६ ।

गौमुखी क्षेत्रको संरक्षित वन व्यवस्थापन कार्ययोजना वन मन्त्रालयमा पुगेर रोकिएको छ । मन्त्रालयमा कार्ययोजना रोकिए संगै गौमुखी क्षेत्रलाई संरक्षित वन घोषणा गर्ने सरकारी योजना लामो समय देखि अलपत्र परेको छ । जिल्ला वन कार्यालयले २०६९ सालमा कार्ययोजना बनाई क्षेत्र, विभाग हुँदै स्वीकृतिका लागि मन्त्रालयमा पठाएको थियो ।

वन कार्यालयले अध्ययन पछि तयार गरी स्वीकृतिका लागि पठाएको कार्ययोजना मन्त्रालय मै थन्किए पछि पर्या–पर्यटन र जैविक विविधताका हिसाबले महत्वपूर्ण मानिएको गौमुखी क्षेत्र ओझेलमा पर्दै गएको छ । ५ वर्षे संरक्षित वन व्यवस्थापन कार्ययोजना तयार पारेर पठाएको कार्यक्रम मन्त्रालयमै रोकिन पुगेको जिल्ला वन अधिकृत प्रबिण बिडारीले बताए ।

‘गौमुखी जस्तै देशभरका ८ वटा कार्यक्रम पनि मन्त्रालयमै रोकिएका छन् जिल्ला बन अधिकृत विडारीले भने, ‘गौमुखीलाई संरक्षित बन घोषणा गर्न कार्यालयका तर्फबाट पहल भैरहेको छ ।’ २०६९ सालमा कार्ययोजना स्वीकृत भएर कार्यान्वयनमा आएको गौमुखी संरक्षित वन कार्ययोजनाको म्याद सकिनै लाग्दा समेत घोषणा हुन नसकेको हो । आजको नेपाल समाचारपत्र दैनिकमा सलिम अन्सारीले यो खबर लेखेका छन ।

उत्तरी प्युठानका साविकका नौ गाविसका बासिन्दा सँग पटक–पटक छलफल र अन्तक्र्रिया पछि संरक्षित बनको प्िरक्रया अघि बढाईएको थियो  । कार्ययोजना अन्तर्गत ११ सदस्यिय गौमुखी संरक्षित वन परिषद समेत गठन गरिएको छ । बन कार्यालयका अनुसार संरक्षित बन घोषणाका लागि जिल्ला परिषदबाट समेत निर्णय गरेर बिभागमा पठाई सकिएको छ । तर, बन बिभागले गरेको प्रस्ताव बन मन्त्रालय मै थन्किए पछि संरक्षित बन घोषणाको प्रस्ताव कागज मै सिमित हुन पुगेको छ । यद्यपी कार्ययोजना अन्तर्गत बर्षै पिच्छे विविध कार्यक्रम हुँदै आएको छ । गौमुखी संरक्षित वन क्षेत्रमा अहिले सम्म ४५ लाख रुपैया खर्च भैसकेको जिल्ला बन कार्यालयले जनाएको छ ।

पछिल्लो पटक बन बिभागले ७ लाख जतिको कार्यक्रम पठाएको छ । बन अधिकृत बिडारीले भने, “बजेट घट्दो क्रममा छ ।” संघीय संरचना कार्यान्वयनमा आएपछि केन्द्रीय बजेट परेको छैन् । गौमुखी, नौबहिनी, झिमरुक गाउँपालिका अन्तर्गतका रजवारा, अर्खा, खुङ, पूजा, नारीकोट, लिवाङ, स्याउलिवाङ, लिघा र खवाङ गरी २६ हजार २०४ हेक्टर क्षेत्रफलमा यो बन क्षेत्र फैलिएको छ । त्यसमध्ये १८ हजार ३८ हेक्टर वनक्षेत्र र ८ हजार १६६ हेक्टर आवादी छ ।

जैविक विविधतायुक्त यो क्षेत्र संरक्षित र लोपोन्मुख वन्यजन्तु र जडीबुटी रहेको स्थान समेत हो । बाग्लुङको ढोरपाटन शिकार आरक्ष संग जोडिएको यो बनक्षेत्रमा कस्तुरी, मृग, चरीवाघ, चितुवा, रेड्पाण्डा, घोरल, गिद्ध, कालिज जस्ता दुर्लभ एवं लोपोन्मुख जिवजन्तु तथा चराचुरुङ्लिे वासस्थानको रुपमा प्रयोग गरेको पाइन्छ । आर्थिक विकासका लागि महत्वपुर्ण जडिबुटी, लघुबन पैदावार यस संरक्षित बन क्षेत्रमा प्रशस्त पाईन्छन ।

यसको संरक्षणले यहाँको आर्थिक तथा पर्यटकिय बिकासमा अहम भुमिका खेल्ने भएकाले यसको संरक्षणका लागि सवै एक भएर लाग्नुपर्ने गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले बताए । यता गौमुखीलाई स्थानीय बासिन्दाले समुदायमा आधारित संरक्षण क्षेत्रको रूपमा घोषणा गर्न माग गर्दै आएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

error: Content is protected !!