१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

गौमुखी संरक्षित वन कार्यक्रम अलपत्र

Logo
प्रकाशित आइतबार, जेठ २७, २०७५

प्युठान जेठ २६ ।

गौमुखी क्षेत्रको संरक्षित वन व्यवस्थापन कार्ययोजना वन मन्त्रालयमा पुगेर रोकिएको छ । मन्त्रालयमा कार्ययोजना रोकिए संगै गौमुखी क्षेत्रलाई संरक्षित वन घोषणा गर्ने सरकारी योजना लामो समय देखि अलपत्र परेको छ । जिल्ला वन कार्यालयले २०६९ सालमा कार्ययोजना बनाई क्षेत्र, विभाग हुँदै स्वीकृतिका लागि मन्त्रालयमा पठाएको थियो ।

वन कार्यालयले अध्ययन पछि तयार गरी स्वीकृतिका लागि पठाएको कार्ययोजना मन्त्रालय मै थन्किए पछि पर्या–पर्यटन र जैविक विविधताका हिसाबले महत्वपूर्ण मानिएको गौमुखी क्षेत्र ओझेलमा पर्दै गएको छ । ५ वर्षे संरक्षित वन व्यवस्थापन कार्ययोजना तयार पारेर पठाएको कार्यक्रम मन्त्रालयमै रोकिन पुगेको जिल्ला वन अधिकृत प्रबिण बिडारीले बताए ।

‘गौमुखी जस्तै देशभरका ८ वटा कार्यक्रम पनि मन्त्रालयमै रोकिएका छन् जिल्ला बन अधिकृत विडारीले भने, ‘गौमुखीलाई संरक्षित बन घोषणा गर्न कार्यालयका तर्फबाट पहल भैरहेको छ ।’ २०६९ सालमा कार्ययोजना स्वीकृत भएर कार्यान्वयनमा आएको गौमुखी संरक्षित वन कार्ययोजनाको म्याद सकिनै लाग्दा समेत घोषणा हुन नसकेको हो । आजको नेपाल समाचारपत्र दैनिकमा सलिम अन्सारीले यो खबर लेखेका छन ।

उत्तरी प्युठानका साविकका नौ गाविसका बासिन्दा सँग पटक–पटक छलफल र अन्तक्र्रिया पछि संरक्षित बनको प्िरक्रया अघि बढाईएको थियो  । कार्ययोजना अन्तर्गत ११ सदस्यिय गौमुखी संरक्षित वन परिषद समेत गठन गरिएको छ । बन कार्यालयका अनुसार संरक्षित बन घोषणाका लागि जिल्ला परिषदबाट समेत निर्णय गरेर बिभागमा पठाई सकिएको छ । तर, बन बिभागले गरेको प्रस्ताव बन मन्त्रालय मै थन्किए पछि संरक्षित बन घोषणाको प्रस्ताव कागज मै सिमित हुन पुगेको छ । यद्यपी कार्ययोजना अन्तर्गत बर्षै पिच्छे विविध कार्यक्रम हुँदै आएको छ । गौमुखी संरक्षित वन क्षेत्रमा अहिले सम्म ४५ लाख रुपैया खर्च भैसकेको जिल्ला बन कार्यालयले जनाएको छ ।

पछिल्लो पटक बन बिभागले ७ लाख जतिको कार्यक्रम पठाएको छ । बन अधिकृत बिडारीले भने, “बजेट घट्दो क्रममा छ ।” संघीय संरचना कार्यान्वयनमा आएपछि केन्द्रीय बजेट परेको छैन् । गौमुखी, नौबहिनी, झिमरुक गाउँपालिका अन्तर्गतका रजवारा, अर्खा, खुङ, पूजा, नारीकोट, लिवाङ, स्याउलिवाङ, लिघा र खवाङ गरी २६ हजार २०४ हेक्टर क्षेत्रफलमा यो बन क्षेत्र फैलिएको छ । त्यसमध्ये १८ हजार ३८ हेक्टर वनक्षेत्र र ८ हजार १६६ हेक्टर आवादी छ ।

जैविक विविधतायुक्त यो क्षेत्र संरक्षित र लोपोन्मुख वन्यजन्तु र जडीबुटी रहेको स्थान समेत हो । बाग्लुङको ढोरपाटन शिकार आरक्ष संग जोडिएको यो बनक्षेत्रमा कस्तुरी, मृग, चरीवाघ, चितुवा, रेड्पाण्डा, घोरल, गिद्ध, कालिज जस्ता दुर्लभ एवं लोपोन्मुख जिवजन्तु तथा चराचुरुङ्लिे वासस्थानको रुपमा प्रयोग गरेको पाइन्छ । आर्थिक विकासका लागि महत्वपुर्ण जडिबुटी, लघुबन पैदावार यस संरक्षित बन क्षेत्रमा प्रशस्त पाईन्छन ।

यसको संरक्षणले यहाँको आर्थिक तथा पर्यटकिय बिकासमा अहम भुमिका खेल्ने भएकाले यसको संरक्षणका लागि सवै एक भएर लाग्नुपर्ने गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले बताए । यता गौमुखीलाई स्थानीय बासिन्दाले समुदायमा आधारित संरक्षण क्षेत्रको रूपमा घोषणा गर्न माग गर्दै आएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा गएको भदौ १० गते आएको बाढीको कारण आज पनि रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्धै अवस्थामा छन्। रसुवाका सबै मुख्य राजमार्ग अहिलेसम्म पनि गाडी चल्न नसकेका प्रहरीले जनाएको छ। त्यसैगरी आज ललितपुरमा कान्तिलोकपथ, मनाङमा बेनी–जोमसोम सडक र बेनी-दरबाङ सडक, मुस्ताङमा जोमसोम-कोरला सडक पूर्णरूपमा अवरुद्ध छ। त्यसैगरी पर्वतमा मालढुंगा-बेनी, मध्यपहाडी लोकमार्ग, […]

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]