०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

जग्गा बेच्दिनँ भन्दा दाङमा महिलामाथि ‘निवस्त्र’ पारेर निर्घात कुटपिट

Logo
प्रकाशित सोमबार, जेठ २८, २०७५

कुटपिटमा संलग्न दुबै महिला पक्राउ

दाङ, जेठ २८
दाङमा महिलाले नै महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा दुई जना महिला पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि आइतबार कुटपिटमा संलग्न दुई महिलालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवम् प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए।
शुक्रबार दिउँसो ४ बजेतिर दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ता (जेठानी दिदी बहिनी) मिलेर जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुन मगरलाई भालुवाङ बसपार्कमा अमानवीय तरिकाले कुटपिट गरेको ईप्रका भालुवाङका प्रमुख पाण्डेले बताए।‘पुनमाथि कुटपिट भइसकेपछि प्रहरीले छुट्याएर सम्झाएर पठाएको रहेछ, तर त्यो कुरा मलाई जानकारी थिएन,’ सेतोपाटीसँग पाण्डेले भने, ‘मलाई घटनाबारे कसैले कुनै खालको मौखिक र लिखित जाहेरी नदिएकाले थाहा थिएन।’
दोस्रो दिन आफूले भिडियोमा दुई जना महिला मिलेर, बाटो छेकेर सार्वजनिक स्थानमै एउटी महिलामाथि अमानवीय ढंगले कुटपिट गरेको तथा लुगा च्यातेर फालिदिएको दृष्य देखेपछि पिडकलाई खोजेर पक्राउ गर्न आदेश दिएको प्रमुख पाण्डेले बताए ।
यसैबीच पीडित दिलमाया पुनले सोमबार ईप्रका भालुवाङमा आएर कुटपिटमा संलग्न रेखा र अनिता गुप्ताको विरुद्ध जाहेरी दिएको प्रमुख पाण्डेले जानकारी दिए।
पीडित दिलमाया आफ्ना पति र केही आफन्तसँगै ईप्रका भालुवाङमा सोमबार दिउँसो आएर कुटपिटमा संलग्न गुप्ताद्वय विरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
पक्राउ परेका दुई जनामाथि सार्वजनिक अपराध अन्तर्गतको मुद्दा दर्ता भएको पाण्डेले जानकारी दिए। उनले कुटपिटमा संलग्नविरुद्ध म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्न आदेश प्राप्त भइसकेको जानकारीसमेत दिए।
यसैबीच भालुवाङकै एक अधिकारकर्मीले प्रहरीले घटना थाहा पाएर पनि बेवास्ता गर्दा दिलमायामाथि भएको अमानवीय व्यवहार र कुटपिटको भिडियो समाजिक सञ्जालमा भाईरल भएको र प्रहरीलाई कारबाही गर्न नैतिक दबाव परेको दाबी गरे।
घडेरी बेच्दिनँ भन्दा कुटपिटः पाण्डे
दाङको भालुवाङ क्षेत्र छिमेकी जिल्ला अर्घाखाँचीको सीमामा पर्ने क्षेत्र हो। भालुवाङ पूर्जाबिहिन बजार हो। वनको जग्गामा ठडिएको भए पनि कसैसँग जग्गा धनी पूर्जा छैन। त्यसको फाइदा उठाउँदै यहाँ केही सस्तोमा घर घडेरी खरिद बिक्रि भइरहन्छ।
राप्ती गाउँपालिका-१ को भालुवाङ बजारमा अर्घाखाँची सितगंगा नगरपालिका -९ ठाडो खोलाकी दिलमाया पुनको एउटा पूर्जा बिनाको घडेरी थियो। केही समय पहिला मात्रै दिलमायाकी दिदीले गुप्ता परिवारलाई एउटा घडेरी बेचेकी थिइन्।
ईप्रका भालुवाङका प्रमुख पाण्डेका अुनसार त्यो घडेरी उनीहरुले झन्डै ९ लाखमा किनेका रहेछन्। दिदीले घडेरी बेचेपनि सँगै सटेको घडेरी दिलमायाले बेच्न मानेकी थिइनन्। तर, गुप्ता परिवार त्यो घडेरी जसरी पनि फुत्काउन चाहन्थ्यो। शुक्रबार घडेरीको निरीक्षणमा आएकी दिलमाया पुनमाथि देउरानी जेठानी दिदी बहिनी रेखा र अनिताले घडेरी बेच्न कर गरे। तर दिलमायाले घडेरी बेच्दिनँ भन्ने अडान यथावत राखिन्।
‘दिलमायालाई जग्गाको मुल्य निकै अण्डरभ्यालुड गरेर बेच्न गुप्ता दिदी बहिनीले दबाब दिए पछि बेच्दिन भन्दा बाटो छेकेर निर्घात कुटपिट भएको रहेछ,’ ईप्रका भालुवाङका प्रमुख रविन्द्रराज पाण्डेले भने।
रेखा र अनिताले कुटपिट मात्रै गर्नुको साथै दिलमायालाई सार्वजनिक रुपमै निवस्त्र बनाएर बदनाम गर्ने दुस्साहासी र अमानवीय हर्कत गरेको प्रहरी निरीक्षक पाण्डेले सेतोपाटीलाई बताए।
अर्काको जग्गामा आफैं मुल्य निर्धारण गर्न खोज्ने र बेच्दिन भन्दा बाटो छेकेर कुट्ने कसुर गुप्ताद्वयले गरेको प्रहरीले बताएको छ ।
‘दिलमायाले म मेरो जग्गा त्यति सस्तोमा बिक्री गर्दिनँ मेरो जेठानी दिदीको जग्गा सस्तोमा फुत्क्याएर खायौं होला। तर, म बेच्दै बेच्दिनँ भनेपछि उनीहरु आवेगमा आएर कुटपिट गरेको देखिन्छ,’ पाण्डेले भने।
दिलमाया दौडेर पुल्चोकतर्फ जाँदै गर्दा निर्माणाधिन बसपार्क क्षेत्रमा उनलाई घेरा हालेर गुप्ताका जेठानी दिदी बहिनीले कुटपिट गरेको पाण्डेले जानकारी दिए। ‘सुन्दा पत्याउनै मुस्किल पर्छ, तर, भिडियो हेर्नुभयो भने तपाईँ आफैं छक्क पर्नुहुन्छ,’–प्रमुख पाण्डेले भने, ‘एउटा नारीले अर्को नारीलाई सार्वजनिक रूपमै निवस्त्र पार्ने प्रयास गर्दै लात्ताले हिकाउँदै कुट्नु अचम्मैको घटना हो।’
कुटपिट हुँदै गर्दा भालुवाङ नगरविकास समितिका अध्यक्ष ओमप्रकाश बुढाथोकी र ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विष्णुप्रसाद भुसाल संयोगले त्यही पुगेर कुटपिट रोक्न प्रयास गरेको भन्ने जानकारी प्राप्त भएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए।
महिलाले महिलामाथि नै अमानवीय तरीकाले कुटपिट गरिरहेको उक्त भिडियो एक जना बालकले खिचेका थिए। उक्त भिडियो भालुवाङकै रितु रानाले आफ्नो फेसबुक वालमा पोष्ट गरेपछि भाइरल बन्न पुगेको थियो।
त्यसपछि बल्ल प्रहरीमाथि पीडकलाई कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सार्वजनिक रुपमै नैतिक दवाब परेको थियो।
नारायण खड्का/सेतोपाटी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]