०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

विकास निर्माण कार्य सन्तोषजनक नभएकोः सासंद शाह ।।

Logo
प्रकाशित मंगलबार, जेठ २९, २०७५

सनिउल्ला धोबी, कपिलवस्तु जेठ २९

कपिलवस्तु विजयनगर गाउँपालिका वडा नं. ७ अन्तर्गत पर्ने लालपुर गाउँमा खनिएको करिब २ सय मिटर लामो नाली गैर कानुनी र राजनैतिक प्रतिशोधको रुपमा गरिएको दादागिरीको पराकाष्ठ भएको कपिलवस्तु क्षेत्र नं. ३ का सासंद अभिषेक प्रताप शाहले आरोप लगाएका छन ।

गाउँपालिकाको वडा नं. ७ मा पर्ने लालपुर गाउँको हुलाकी मार्गमा पर्ने बाटोमा नाली खनेर अस्तव्यस्त रुपमा छाडिएपछि स्थानिय वडा अध्यक्ष दिनेश चौधरी संग रुष्ट बनेका छन । हुलाकी मार्गमा पर्ने गाउँपालिकाको योजनामा नपरेको सोही हुलाकी बाटोमा करिब २०० मिटर नाली खनिदिएर दुख दिएको गुनासो आएपछि सासंद शाहले सोमबार सोही नालीको अनुगमन गरेका हुन । सोमबार अनुगमनका क्रममा शाहले गाउँपालिकाले सोही नालीका लागि बजेट नछुट्याएको केन्द्रिय बजेटमा बन्ने नाली र बाटोमा अध्यक्ष चौधरीले दादा गिरी शैलिमा केन्द्रिय योजना माथि हस्तक्षेप गरेको बताएका छन । घर अगाडी नाली खनेर अस्त व्यस्त रुपमा छाडिएपछि स्थानीय पिडित पक्षले सुचनाको हक प्रयोग गरि के कति कारणले नाली खनेर अस्त व्यस्त रुपमा छाडिएको हो भन्ने सुचना लिखित रुपमा माग गर्न वडा कार्यालय पुग्दा अध्यक्ष चौधरीले निवेदन दर्ता गर्न नमानेको आरोप स्थानियले लगाएका छन ।

विजयनगर गाउँपालिका वडा नं. ७ लालपुरमा बालगोविन्द चौधरीको घर देखि राधेश्याम कोरीको घर सम्म खनिएको नाली अस्तव्यक्त रुपमा छाडेको अनुगमनका क्रममा पाइएको सासंद शाहले बताएका छन । गाउँमा जम्मा हुने पानीलाई निकासका लागि खनिएको नाली भए पनि अव्यवस्थित रुपमा छाडिनु गलत भएको जसले गर्दा नाली संग जोडिएका घरहरुका परिवारहरुलाई आवतजावत गर्न समस्या हुने नाली खुल्ला ,फराकिलो र गहिरो भएकाले आवतजावत गर्दा दुर्घटना हुन सक्ने भएकोले नाली खनिसकेपछि व्यवस्थापन वडा अध्यक्षले नै गर्नु पर्ने यदि नगरेमा अदालत सम्म समस्या पुराउने सासंद शाहले बताए ।

यता वडा अध्यक्ष चौधरीले गाउँको माथि आरसिसि गरिएको र नालीको निकासका लागि गाउँपालिकाको बजेट नभएपनि स्थानियको आर्थिक सहयोगमा नाली खनिएको बताएका छन । नालीको निकास ननिकाले गाउँ नै पुरै डुवानमा पर्ने भएकोले केन्द्रिय बजेट नपर्खि नाली खनिएको उनले बताए । नालि खनियो गाउँका २ ४ जना बहेक सबैले नाली निकास गरिदिनको लागि गाउँभेला गरेर म कहाँ आए अनि मैले गाउँकै सहमतिमा नालि खनाएको हो अध्यक्ष चौधरीले भने । अब नाली निर्माणका लागि आफु संग बजेट नभएको र गाउँपालिकाले पनि केन्द्रिय योजना हुनाले बजेट नछुट्याउने हुदाँ नाली अलपत्र परेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन् सोङमार्फत जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री बुझेका छन् । आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मूल्य बराबरको सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । नेपाल र चीन ऐतिहासिक […]

  (ABC-Sanchar) काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कात्तिक १२ गते नेपाल आउँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य […]

  (ABC-Sanchar) काठमाडौं । जिउक्वान चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ। चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ। उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर […]