२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

बेसहारा बालबालिकाहरुको उद्वारमा दाङ SP चंन्द र DSP सिंह

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

(सागर थापा) दाङ ।तुलसीपुरस्थित अनाथ आश्रममा बस्दै आएकी एक बालिकालाई आश्रमका सञ्चालक बिष्णु चौधरीले बलात्कार गरेको उजुरी परेपछि उक्त आश्रममा रहेका अन्य बेसहारा बालबालिकाहरुलाई आश्रमबाट उद्वार गरिएको छ । आश्रम सञ्चालक विरुद्ध बलात्कार उजुरी परेपछि आश्रममा रहेका अन्य बालिकाहरुलाई समेत सुरक्षा खतरा बढेपछि उनिहरुलाई उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दको निर्देशनमा ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिबबहादुर सिंहले बिजोरीमा रहेको आश्रममा रहेका ६ जना बालिका र ९ जना बालकलाई शुक्रबार आश्रमबाट उद्वार गरिएको छ । बालिकाहरुलाई तुलसीपुर उपमहानगरपालिकाको सेफ हाउसमा राखिएको छ भने बालकहरुलाई उनिहरुले पढ्दै आएको पब्लिक ज्ञानज्योती माविमा बस्ने ब्यवस्था मिलाईएको छ ।

साथै प्रहरीले आश्रममा रहेका बालिकाहरुमाथि सञ्चालकबाट भएको ब्यवहारबारे अनुसन्धान थालेको पनि छ । प्रहरीले त्यहाँ रहेका बालबालिकाहरुलाई सञ्चालक चौधरीले गरेको ब्यवहार बारे सोधपुछ गरेको हो ।
अहिले सम्मको सोधपुछका क्रममा आश्रमका बालबालिकाहरुले भनेको कुरा भन्न नमिल्ने भन्दै डिएसपी सिंहले यो विषय अहिले अनुसन्धानकै क्रममा रहेको बताए आरोपित चौधरी भने फरार रहेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!