२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

प्रहरी निरीक्षक पोख्रेलको स्वागत एव परिचयात्मक कार्यक्रम सम्पन्न ॥

Logo
प्रकाशित बुधबार, जेठ ३०, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु ३०

ईलाका प्रहरी कार्यालय पकडीमा सरुवा भएर आउनुभएका प्रहरी निरीक्षक सँतोश कुमार पोखरेलसँग स्वागत एवम् परिचयात्मक कार्यक्रम आज ईलाका प्रहरी पकडी कार्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । प्रहरी निरीक्षक पोखरेल तथा मायादेवी गाउँपालिका जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, राजनीतिक दल, नागरिक समाज, ब्यापारी, यातायात ब्यवसायी, पत्रकारलगायतको समूहले आज स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको हो । स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिकाका वडा न:१का अध्क्षय हरिगोबिन्द चौधरीले प्रहरी प्रशासनलाई स्वतन्त्ररुपमा कानूनको दायराभित्र रहेर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।सँघीय समाजबादी फोरम नेपाल जिल्ला अध्क्षय शैलेन्द्र कुमार यादवले गाउँपालिका को शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न गाउँपालिका तयार रहेको बताउँदै बाहिरबाट कुनै पनि हस्तक्षेप नहुने उल्लेख गर्नुभयो । सर्वसाधारण विना बर्दीका प्रहरी भएको बताउँदै अधक्ष्य यादवले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनकालागि आफ्नो क्षेत्रबाट प्रहरीलाई निरन्तर लाग्न आग्रह गर्दै गाउँबासी सबैले सूचनाहरु दिएर सहयोग गर्न अनुरोध गर्नुभयो ।कार्यक्रममा प्रहरी निरीक्षक सन्तोस पोखरेलले आफ्नो जिम्मेवारीबाट कदापि पछि नहट्ने बताउँदै समुदायको साथ सहयोग आवश्यक रहने धारणा राख्नुभयो । यस क्षेत्रको शान्ति, सुरक्षा र अमनचयनको प्रत्याभूति दिलाउन आँफू सँधै प्रतिबद्ध रहेको बताउनुभयो । प्रहरी निरीक्षक पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ I

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

दाङ । भालुवाङमा चेकजाँच गर्ने क्रममा बिल-बिजक नभएको ठूलो परिमाणको फलफूल बरामद गरेको छ। *बरामदको विवरण:* – *स्थान*: दाङ, राप्ती गाउँपालिका-१, भालुवाङ पुलचोक, पूर्व-पश्चिम राजमार्ग – *गाडी*: बा.प्र.०६-०१ च. ४१ नम्बरको योद्धा पिकअप – *चालक*: पूर्वी नवलपरासी, कावासोति न.पा.-१४ का २९ वर्षीय *कुम नारायण महतो* – *फलफूल*: 1. *आँप – ९२० के.जी* 2. *हरियो नरिवल […]

error: Content is protected !!