०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

प्रहरी निरीक्षक पोख्रेलको स्वागत एव परिचयात्मक कार्यक्रम सम्पन्न ॥

Logo
प्रकाशित बुधबार, जेठ ३०, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु ३०

ईलाका प्रहरी कार्यालय पकडीमा सरुवा भएर आउनुभएका प्रहरी निरीक्षक सँतोश कुमार पोखरेलसँग स्वागत एवम् परिचयात्मक कार्यक्रम आज ईलाका प्रहरी पकडी कार्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । प्रहरी निरीक्षक पोखरेल तथा मायादेवी गाउँपालिका जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, राजनीतिक दल, नागरिक समाज, ब्यापारी, यातायात ब्यवसायी, पत्रकारलगायतको समूहले आज स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको हो । स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिकाका वडा न:१का अध्क्षय हरिगोबिन्द चौधरीले प्रहरी प्रशासनलाई स्वतन्त्ररुपमा कानूनको दायराभित्र रहेर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।सँघीय समाजबादी फोरम नेपाल जिल्ला अध्क्षय शैलेन्द्र कुमार यादवले गाउँपालिका को शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न गाउँपालिका तयार रहेको बताउँदै बाहिरबाट कुनै पनि हस्तक्षेप नहुने उल्लेख गर्नुभयो । सर्वसाधारण विना बर्दीका प्रहरी भएको बताउँदै अधक्ष्य यादवले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनकालागि आफ्नो क्षेत्रबाट प्रहरीलाई निरन्तर लाग्न आग्रह गर्दै गाउँबासी सबैले सूचनाहरु दिएर सहयोग गर्न अनुरोध गर्नुभयो ।कार्यक्रममा प्रहरी निरीक्षक सन्तोस पोखरेलले आफ्नो जिम्मेवारीबाट कदापि पछि नहट्ने बताउँदै समुदायको साथ सहयोग आवश्यक रहने धारणा राख्नुभयो । यस क्षेत्रको शान्ति, सुरक्षा र अमनचयनको प्रत्याभूति दिलाउन आँफू सँधै प्रतिबद्ध रहेको बताउनुभयो । प्रहरी निरीक्षक पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ I

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’ परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ । २०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, […]

दाङ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका ३३ वर्षका रमा चौधरी रहेको दाङ प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । डिएसपी शाहका अनुसार चौधरीको आज सवा ४ बजेतिर उपचारका […]

काठमाडौं । गृहमन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ५ माघदेखि लागु हुने गरी जनपद प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका एसपीहरूको पदस्थापना गरिएको हो ।

error: Content is protected !!