०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

डिआइएन सिजन ३ पहिलो अडिसन असार २ गते प्युठानमा हुने

Logo
प्रकाशित बुधबार, जेठ ३०, २०७५

दाङ जेष्ठ ३०

बहुप्रतिस्ठित राष्ट्रव्यापि नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ ( डिआइडी) अब डान्स आइकन नेपाल (डिआइएन) को नाममा आयोजना हुनेभएको छ । नेपालको दुरदराजमा रहेका प्रतिभाहरुको खोजिगरी राष्ट्रिय स्तरको मञ्च प्रदानगर्ने उद्धेस्यले आयोजना गरीनलागेको महासंग्रामको प्रथम सुभारम्भ अडिसन यहि असार २ गते प्युवान जिल्लाको बिजुरवारमा आयोजना हुने डीटेन इन्टरटेन्मेन्टका सिईओ बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो । कला संस्कृतिको उन्नयनमा समर्पीत डीटेन इनटरटेन्मेन्ट प्रा.लि.को व्यानरमा संचालनमा आएको महासंग्राममा नेपाल अधिराज्य भरिबाट सबै उमेर समुहका व्यक्तिहरुले भाग लिन पाउने प्युठान संयोजक प्रमोद कर्माचार्यले बताउनुभयो । केन्द्रिय तथा स्थानीय टेलिभिजनहरुबाट प्रसारणगरीने प्रतिस्पर्धामा प्रथम हुने लाई स्कूटर सहित सबै टाइटल बिजेताहरुलाई विभिन्न प्रकारका आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।

यसैगरी महासंग्रामको टाइटल प्रायोजन समाजसेवी तथा युवा व्यवसायी अभियान बस्नेतले गर्नुभएको आयोजकले जनाएको छ । नेपालका सबै मुख्य मुख्य सहरहरुमा अडिसन लिई प्रतिस्पर्धा संचालन गरीने भएको छ । २०७३ सालबाट डान्स आइकन नेपाल ( डिआइडी ) लाई नृत्यकारहरुको माग अनुसार डान्स आइकन नेपाल ( डिआइएन) नामाकरण गरीएको देवकोटाले बताउनुभयो । यसैविच प्युठान जिल्ला संयोजक प्रमोद कर्माचार्यले एक बिज्ञप्ति जारी गर्दे असार २ गते आयोजना हुने अडिसनमा भाग लिन सम्पुर्ण नृत्यकार तथा नृत्याङ्गणाहरुलाई आह्वान गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]