२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

डिआइएन सिजन ३ पहिलो अडिसन असार २ गते प्युठानमा हुने

Logo
प्रकाशित बुधबार, जेठ ३०, २०७५


दाङ जेष्ठ ३०

बहुप्रतिस्ठित राष्ट्रव्यापि नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ ( डिआइडी) अब डान्स आइकन नेपाल (डिआइएन) को नाममा आयोजना हुनेभएको छ । नेपालको दुरदराजमा रहेका प्रतिभाहरुको खोजिगरी राष्ट्रिय स्तरको मञ्च प्रदानगर्ने उद्धेस्यले आयोजना गरीनलागेको महासंग्रामको प्रथम सुभारम्भ अडिसन यहि असार २ गते प्युवान जिल्लाको बिजुरवारमा आयोजना हुने डीटेन इन्टरटेन्मेन्टका सिईओ बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो । कला संस्कृतिको उन्नयनमा समर्पीत डीटेन इनटरटेन्मेन्ट प्रा.लि.को व्यानरमा संचालनमा आएको महासंग्राममा नेपाल अधिराज्य भरिबाट सबै उमेर समुहका व्यक्तिहरुले भाग लिन पाउने प्युठान संयोजक प्रमोद कर्माचार्यले बताउनुभयो । केन्द्रिय तथा स्थानीय टेलिभिजनहरुबाट प्रसारणगरीने प्रतिस्पर्धामा प्रथम हुने लाई स्कूटर सहित सबै टाइटल बिजेताहरुलाई विभिन्न प्रकारका आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।

यसैगरी महासंग्रामको टाइटल प्रायोजन समाजसेवी तथा युवा व्यवसायी अभियान बस्नेतले गर्नुभएको आयोजकले जनाएको छ । नेपालका सबै मुख्य मुख्य सहरहरुमा अडिसन लिई प्रतिस्पर्धा संचालन गरीने भएको छ । २०७३ सालबाट डान्स आइकन नेपाल ( डिआइडी ) लाई नृत्यकारहरुको माग अनुसार डान्स आइकन नेपाल ( डिआइएन) नामाकरण गरीएको देवकोटाले बताउनुभयो । यसैविच प्युठान जिल्ला संयोजक प्रमोद कर्माचार्यले एक बिज्ञप्ति जारी गर्दे असार २ गते आयोजना हुने अडिसनमा भाग लिन सम्पुर्ण नृत्यकार तथा नृत्याङ्गणाहरुलाई आह्वान गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!