२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

काठमाडौँमा ठाँउठाँउमा तीब्र चेकिङ बिलबुक लाइसेन्स अनिवार्य हुनुपर्ने

Logo
प्रकाशित आइतबार, चैत्र १५, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । आज काठमाडौँमा उपत्यकामा बाहिर निस्कँदै हुनुहुन्छ भने लाइसेन्स, ब्लूबुक सबै बोकेर मात्र निस्कनु होला । किनभने होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजनासहित ट्राफिक प्रहरी परिचालन गरेको छ । होलीमा लापरवाही गरेर सवारी चलाउने गतिविधि रोक्न काठमाडौं उपत्यकाका ८५ ठाउँमा चेक प्वाइन्ट राखिएको ट्राफिक महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

मोटरसाइकलमा तीनजना बस्ने तथा मापसे गरेर सवारी चलाउनेमाथि विशेष निगरानी गर्नेगरी महाशाखाले सुरक्षा योजना तयार गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा होली मनाउँदा दुर्घटना नहोस भनेर ७ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
८५ देखी ९० वटा चेक प्वाइन्टमा बिहानैदेखि मापसे परीक्षण शुरु गरिएको एसपी अधिकारीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]