१७ मंसिर २०८१, सोमबार
02-12-2024 , Mon
×

चैत १७ गतेदेखि २० गतेसम्म देशभरका विद्यालय बन्द हुने

Logo
प्रकाशित सोमबार, चैत्र १६, २०७७

ABC Sanchar
काठमाडौं । सरकारले केही दिनयता फैलिएको वायु प्रदूषणलाई मध्यनजर गरेर देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै भोलि (मंगलबार) देखि शुक्रबार (चैत १७ देखि २० गते) सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

शुक्रबारयता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ। जल तथा मौसमविद्हरूले केही दिन तुवाँलो नहट्ने बताएका छन्।

उनीहरूका अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको छ । हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको र डढेलोका घटना बढेकाले वायु प्रदूषण बढेको मौसमविद्हरूको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी डाँडाँगाउँ रा १ ख १३८२ नम्वरको यात्रु बहाक बस दुुर्घटना हुदा बसमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ दुधरास निवासी ३२ बर्षिया ईन्द्रा थापा रोकायको उपचारको क्रममा नर्सिङहोम बाँकेमा ज्यान गएकाले पीडितहरुले सोमबार दिउसोदेखि घोराही तुलसीपुर सडक बन्द गरेका छन् । चालकको लापरवाहीका कारण सार्वजानिक […]

  काठमाडौं । नेपाल प्रहरीका केही डीआईजीमा बढुवा भएका र केही एसएसपीबाटै अवकाश भएपछि रिक्त पद संख्या २० पुगेको हो। यसअघि एआईजी र डीआईजी बढुवा भएकाले अब एसएसपीमा बढुवा गर्न लागिएको हो। जसमा रिक्त २० पदका लागि २ ब्याचका एसपीहरू लबिइङ गरिरहेका छन्। २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना […]

  काठमाडौं । दक्षिणी गाजामा, इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र भीडलाई निशाना बनाएको थियो। मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा सारिएको जनाएको छ। उत्तरी गाजाको बेत लाहियाको ताल अल–जातर क्षेत्रमा अल–अराज परिवारको घरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको नागरिक रक्षाले एक विज्ञप्तिमार्फत […]

error: Content is protected !!