२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

दाङ प्रहरीले होलीमा अमर्यादित कार्यगर्नेहरु १६ जना पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र १६, २०७७


DSP : रिजाल
(सागर थापा)
दाङ जिल्ला प्रहरी कार्यालय दाङले होली पर्वमा अमर्यादित कार्य गरेको अभियोगमा १३ जनालाई नियन्त्रणमा लिएको छ । जर्वजस्ती रंग र लोला हान्ने अत्यधिक मादक पदार्थ सेवन गरी हल्ला गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् । त्यसैगरी उक्त उत्सृंखल कार्यमा प्रयोग भएका ९४ वटा मोटरसाईकल १ वटा बस ७ वटा अटोलाई समेत नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ । अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा चाड पर्वलाई मर्यादित बनाउने प्रहरीको बिशेष अभियान अन्तरगत भएको निगरानीमा विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको र अनुसन्धान भैरहेको प्रहरीको दाङ प्रहरी प्रबक्ता डिएसपी रिजालले बताएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ । यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति […]

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन्। ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले […]

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

error: Content is protected !!