२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले होलीमा अमर्यादित कार्यगर्नेहरु १६ जना पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र १६, २०७७


(सागर थापा)
दाङ जिल्ला प्रहरी कार्यालय दाङले होली पर्वमा अमर्यादित कार्य गरेको अभियोगमा १६ जनालाई नियन्त्रणमा लिएको छ । जर्वजस्ती रंग र लोला हान्ने अत्यधिक मादक पदार्थ सेवन गरी हल्ला गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् । त्यसैगरी उक्त उत्सृंखल कार्यमा प्रयोग भएका ९४ वटा मोटरसाईकल १ वटा बस ७ वटा अटोलाई समेत नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ । अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा चाड पर्वलाई मर्यादित बनाउने प्रहरीको बिशेष अभियान अन्तरगत भएको निगरानीमा विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको र अनुसन्धान भैरहेको प्रहरीको दाङ प्रहरी प्रबक्ता डिएसपी रिजालले बताएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]