३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

व्यापारीसँग पैसा माग्ने र अपहरण गर्ने धम्की दिने २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र १८, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । अपहरण गर्ने धम्की दिएर पर्साको वीरगञ्जका व्यापारीसँग रकम मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ घर भएका २२ वर्षीय प्रज्वल तिवारी र अर्का १७ वर्षीय किशोर छन् । वीरगञ्जका एक ब्यापारीलाई फोन गरेर उनीहरुले १५ लाख नदिए ‘अपहरण गर्ने’ धम्की दिएको पर्साका एसपी बेलबहादुर पाण्डेले बताए ।

व्यापारीले दिएको सुराकका आधारमा चार दिनको अप्रेशनपछि उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरु बिरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी पाण्डेले बताए ।

आफ्नो परिचय लुकाएर १७ वर्षका किशोरलाई समेत परिचालन गरेर तिवारीले पूर्व परिचित व्यापारीसँग फोनमार्फत धम्की दिएका थिए । आपराधिक लाभ सम्बन्धी कसुरमा पक्राउ परेका किशोर प्लस टुमा अध्ययनरत छन् । तिवारीको पेशा–व्यवसाय खुलेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!