०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

दालमोट बनाउने तालिम बिजुवारमा सुरु

Logo
प्रकाशित बुधबार, जेठ ३०, २०७५

राम बहादुर बिश्वकर्मा

प्युठान /वडाबासीलाई सिप बिकास तालिम प्रदान गरि आत्मनिर्भर र स्वरोजगारी बनाउने उद्देश्यले बिजुवारमा दालमोट बनाउने तालिम सुरु भएको छ।प्युठान नगरपालिका वडा न ४ को सहयोग तथा ग्रामिण आर्थिक बिकास मन्च खलंगाको आयोजनामा बिजुवारमा ५ दिने दालमोट बनाउने तालिम सुरु गरिएको हो।
तालिमको उद्धघाटन गर्दै प्युठान नगरपालिका ४ का अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले गुणस्तर सहितको बस्तु उत्पादन गरिनु पर्ने बताउनुभयो ।

तालिमको औचित्य माथि प्रकाश पार्दै ग्रामिण आर्थिक विकासका मञ्चका सदस्य कृष्णमाया रिजालले सिप बिकास तालिमले ब्यक्तिलाई सबल र आत्मनिर्भर बनाउने भन्दै आगामी दिमा पनि यस्ता तालिम मेडेप मोडेल बाटै नै सन्चालन गरिएमा मात्र उद्देश्य पूरा गर्न सकिने बताउनुभयो ।
त्यस्तै, कार्यक्रम संयोजक रन्जना श्रेष्ठले उद्दमशिलता बिकास तालिम पश्चात अहिले सिप बिकास तालिममा सहभागिता जनाएकाहरुलाई सिप हासिल गरि उद्दमी बन्न आग्रह गर्दै उत्पादीत सामाग्रीको बजारको चिन्ता लिनुनपर्ने बताउनुभयो।उहाले उत्साहका साथ सिप सिक्न सहभागीलाई आग्रह समेत गर्नुभयो ।
५ दिन सम्म चल्ने उक्त तालिममा ६ जना सहभागी छन।तालीमको प्रशिक्षण गोबिन्द रावतले गरिरहनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!