०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ मृत्यु फेला

Logo
प्रकाशित बुधबार, चैत्र १८, २०७७

 

(सर्मिला बोगटी)
धनगढी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमा स्तम्भ नजिक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए ।

‘हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखे पछि निकुञ्ज प्रशासनमा खबर गरे’, सहायक संरक्षण अधिकृत चौधरीले भने, ‘राति घाइते बाघको मृत्यु भयो ।’ मृत बाघको अहिले निकुञ्ज कार्यालयमा शव परीक्षण हुनेछ ।

‘शव परीक्षण रिपोर्टपछि घटनाबारे विस्तृतमा थाहा हुन्छ’, उनले भने, ‘अहिले हामी अनुसन्धान गर्दैछौँ।’उनले सीमा क्षेत्रमा भेटिएकाले बाघ नेपाल वा भारतको हो भन्नेबारे पनि अनुसन्धान थालिएको बताए । निकुञ्जमा १६ वटा पाटे बाघ रहेका छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]

  काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शुक्रबार (कार्तिक ७) तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान* गर्नुभएको हो। *भ्रमणको रुट:* काठमाडौं → धनगढी हवाई यात्रा → गड्डाचौकी नाका हुँदै भारत प्रवेश। *कहाँ-कहाँ जाँदैछन्?* उहाँको निजी सचिवालयका अनुसार दुई प्रसिद्ध शक्तिपीठमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ: १. *कैंची धाम, नैनीताल, […]

*काठमाडौं । नेपाल प्रहरीमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्ने विषयमा तथ्य, प्रमाण र तर्कसहित विश्लेषण प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो संवेदनशील अवस्थामा संस्थाको गरिमा, व्यावसायिक मनोबल र सार्वजनिक विश्वाससँग सम्बन्धित विषयमा गम्भीर बहस हुनु आवश्यक छ। तर प्रहरीको जन्मदिन, प्रहरीभित्रका ‘उत्कृष्ट जोडी’ लगायतका विषयमा तस्बिर र श्रव्यदृश्य सामग्री तयार पार्ने क्रममा सक्रिय […]