०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

बर्दिया सशस्त्र प्रहरीले लाखौँ मूल्यको अवैध सामग्रीहरु पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र २१, २०७७


(महेन्द्र सिंह)
बर्दिया । गुलरिया सशस्त्र प्रहरीले लाखौँ मुल्य बराबरको अवैध सामाग्रीहरु पक्राउ गरेको छ।

सस्शत्र प्रहरी बल नम्बर ३१ गण बर्दिया अन्तर्गतका बिओपी एबम गस्ती टोलीले जिल्लाका बिभिन्न स्थानबाट भारतबाट ल्याउदै गरिएका अवैध सामाग्री बरामद गरेको सस्शत्र प्रहरी एसपी नर बहादुर रावतले जानकारी दिएका छन्।

सशस्त्र प्रहरी एसपी रावतका अनुसार गएराती बर्दियाका सिमा नाकाबाट डिजल, पशुचौपाय, सालको काठ, सुर्तिजन्य पदार्थ र मसला जस्ता सामाग्री बरामद गरेको हो। बरामद गरिएका बस्तु तथा सामाग्रीको मूल्य १ लाख १५ हजार ४ सय ७० रुपैयाँ रहेको रावतले जानकारी दिएका छन्।
बरामद गरिएका अवैध सामाग्रीलाई छोटी भन्सार कार्यालय बुझाउने तयारी भएको सशस्त्र प्रहरी बर्दियाले जानकरी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!