१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

नेपाल प्रहरीको डीआईजीहरु सरुवाको तयारी को का जादै

Logo
प्रकाशित शनिबार, चैत्र २१, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवाको गृहकार्य थालेको छ ।

हाल प्रदेश प्रहरी प्रमुख रहेका सात र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का डीआईजीको एकबर्षे कार्यकाल करिब पूरा हुन लागेपछि नेपाल प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवाको गृहकार्य शुरु गरेको स्रोतको भनाइ छ ।

गृह मन्त्रीस्तरीय निर्णयनुसार गत बर्ष २०७७ बैशाखमा एसएसपीबाट डीआईजीमा बढुवा भएका आठ डीआईजीहरुलाई प्रदेश प्रहरी प्रमुख र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा पदस्थापन गरिएको थियो ।

अहिले केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा सहकुलबहादुर थापा, एक नम्बर प्रदेश प्रहरी प्रमुखमा ईश्वरबाबु कार्की, दुई नम्बर प्रदेशमा धिरजप्रताप सिंह, बागमती प्रदेशमा बसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, लुम्बिनी प्रदेशमा रवीन्द्र बाहदुर धानुक, कर्णाली प्रदेशमा बसन्तकुमार पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीले नेतृत्व गरिरहेका छन् ।

गृह मन्त्रालयसम्बद्ध उच्च स्रोतका अनुसार सिआईबीमा कार्यरत सहकुलबहादुर थापाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत अरुणकुमार बिसिको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा गर्ने तयारी गरिएको बुझिएको छ । स्रोतका अनुसार सिआइबीका डीआईजी सहकुल थापाले पनि बिराटनगर जाने इच्छा देखाएका छन् । यदि थापाको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भए डीआईजी अरुणकुमार बिसिलाई बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइने पक्कापकी जस्तै भएको स्रोत बताउँछ ।

त्यस्तै दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा डीआईजी दिवेश लोहनीलाई पठाउने तयारी गरिएको छ भने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा डीआईजी प्रकाशजंग कार्कीको सरुवा हुने बुझिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी गणेशबहादुर ऐरलाई दिने गृहको तयारी छ । लुम्बिनी प्रदेश जान डीआईजी मुकुन्द आचार्य पनि शक्तिकेन्द्रतिर दौडधुपमा लागेको स्रोतको दाबि छ । एसपी हुँदा दाङको प्रहरी प्रमुखको जिम्मेवारीमा काम गरिसकेका ऐरको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलसंग सुमधुर सम्बन्ध रहेको र गृहमन्त्रालयमा समेत राम्रो पकड भएको कारण लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी उनैले पाउने सम्भावना बलियो छ ।

त्यसैगरी कर्णाली प्रदेशमा डीआईजी डा. देवबहादुर बोहरालाई पठाउने गृहको तयारी रहेको बुझिएको छ । बोहराको अन्यत्र सरुवा भए कर्णाली प्रदेशमा डीआईजी रामकृपाल साहलाई पठाउने तयारी गरिएको छ । उता सुदुरपश्चिम प्रदेशको लागि डीआईजीहरु उमेश रन्जितकार, डा. देवबहादुर बोहरा र प्रकाश अधिकारी र मुकुन्द आचार्यको नाम समेत चर्चामा छ ।

यता संघीय प्रहरीको आकर्षण पोस्टिङ् मानिने केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा सरुवा हुन धेरै डीआईजीहरुले इच्छा देखाएका छन् । सिआईबीको लागि डीआईजीहरु धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्तकुमार लामा र रवीन्द्र बहादुर धानुकको नाम चर्चामा छ । चर्चित ललितानिवास जग्गा प्रकरणको अनुसन्धान नसकिएको कारण सिआईबीको प्रमुखमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेको डीआईजी जाने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!