१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

संघियता खारेजीको माग गर्दै राजमो दाङद्धारा ज्ञापनपत्र पेश

Logo
प्रकाशित बिहिबार, जेठ ३१, २०७५

सागर थापा दाङ

संघियता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा दाङले जिल्ला प्रसासन कार्यालय दाङ र घोराही उपमहानगरपालिकाको कार्यालय दाङमा ज्ञापनपत्र पेश गरेको छ ।
जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको टोलीले उक्त ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा संघीयता नेपालमा ठिक नभएकोले यसको खारेज गर्नु पर्ने र यसैको नाममा जनता ढाड सेक्ने गरि गरिएको राजस्व वृद्धिको बिरोध समेर गरिएको छ । भ्रष्टाचार , सरकारी कार्यालयबाट कार्य सम्पादनमा हुने ढिला सुस्ती , अनिममितता, महङ्गि , बिकास निर्माणका काममा भैरहेको ढिला सुस्ती , प्राकृतिक श्रोत साधन माथिको दोहन कालोबजारी , मूल्य वृद्धि , राहात र अनुदानमा भएको अनियमितता ,सरकारी कार्यालयमा हुने बिचौलिया , न्याय सम्पादनमा भएको अनियमितता आदिको बिरोध गर्नुका साथै कृषि सामाग्री मा सुलभता , राहात र अनुदानमा पारदर्शीताका साथै बीउ, मल, दाना , औषधि , कृषि सामाग्रीमा सहुलियत , सार्वजनिक यातायात लाई सुरक्षि बनाउनुका साथै बैज्ञानिक भाडादर कायम गर्नु पर्ने , सिमेन्ट उधोग बाट प्रभावित जनता शीत भएका सहमती को कार्यान्वयन गर्नु पर्ने , भुमिहिन सुकुम्बासी को पहिचान गरी उनिहरुको उचित ब्यबस्थापन गर्नु पर्ने ,अशक्त गरिब जनताको निसुल्क बिमा को ब्यबस्था गर्नु पर्ने , रोजगारी सृजना गर्नु पर्ने , पर्यावरण संरक्षण गर्नु पर्ने , जनप्रतिनिधिहरु जनउत्तरदायी हुनुपर्ने , पुर्ण भोल्टेज सहितको बिधुत आपूर्तिको ब्यबस्था मिलाउन पर्ने , राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान तत्काल संचालन गर्नु पर्ने , सेबाग्राहिलाइ नया ब्यबस्थाको अनुभुती हुने बताबरण निर्माण गर्नु पर्ने , बिद्यार्थी संख्या का आधारमा शिक्षक ब्यबस्था गरि समान काम को समान ज्यालाको ब्यबस्था गर्नु पर्ने , शुद्ध खानेपानी को ब्यबस्था गर्नु पर्ने , सुलभ स्वास्थ्य सेबाको ब्यबस्था गर्नु पर्ने , प्राथमिकताका आधारमा बिकास का योजनाहरु निर्माण गर्नु पर्ने , सान्ती सुरक्षा अमन चयन कायम गर्नु पर्ने लगायतका माग राख्नुका साथै पार्टीले जिल्लाका हरेक काममा प्रभावकारी भुमिका खेलेको र क्रिया सिलताको हिसाबले सबै भन्दा अगाडी हुनुकासाथै नैतिकता र इमानदारीताको राजनितिमा अबब्ल भएको कुरा ज्ञापनपत्रमा उल्लेख गर्नुका साथै जिल्लामा हुने सर्बपछीय बैठकहरुमा उपस्थी नगराएको मा ध्यानाकर्षण समेत गराइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन् सोङमार्फत जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री बुझेका छन् । आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मूल्य बराबरको सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । नेपाल र चीन ऐतिहासिक […]

  (ABC-Sanchar) काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कात्तिक १२ गते नेपाल आउँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य […]

  (ABC-Sanchar) काठमाडौं । जिउक्वान चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ। चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ। उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर […]