०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

दाङमा बस पल्टिदा २ जनाको घटनास्थ्लमै मृत्यु २७ जना घाइते

Logo
प्रकाशित शनिबार, चैत्र २१, २०७७


(ABC SANCHAR) दाङ । घोराही लमही सडक खण्ड मसोट उरालोमा यात्रुबाहक बस पल्टिएर दुर्घटना हुदा २ जनाको मृत्युु भएको छ भने २७ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय दाङले बस अनियंत्रित भइ घोराहीको मसोटमा पल्टिदा २ जनाको घटनास्थलमै मृत्यु भएको जनाएको हो । जिल्ला प्रहरी कार्यालय दाङका   प्रबक्ता तथा डिएसपि मुकुन्द रिजालले मृत्यु हुनेहरुको पहिचान हुन नसकेको जानकारी दिए । घोराही देखि लमही तर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबाहक बस लमही घोराही सडक खण्डको मुसोट नजिकै ब्रेक फेल भइ दुर्घटना हुदा मानबिय क्षती भएको छ भने बस पनि पुर्णरुपमा क्षतिग्रस्त भएको छ । शुक्रबार अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो ।
दुर्घटना भएको घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेहरुको लमही अस्पताल र फ्लोरेन्स अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप बिवरण आउन बाकी रहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

उदयपुर। बेलका नगरपालिका–४ हरिपुरस्थित भित्री सडक खण्डमा चलिरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय सफल बस्नेतको घटनास्थलमै मृ त्यु भएको छ। प्रहरीका अनुसार बस गुडिरहेको अवस्थामा अचानक खस्दा बालक गम्भीर घाइते भएका थिए र घटनास्थलमै उनको ज्यान गएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!