०८ भाद्र २०८२, आइतबार
24-08-2025 , Sun
×

दाङमा बस पल्टिदा २ जनाको घटनास्थ्लमै मृत्यु २७ जना घाइते

Logo
प्रकाशित शनिबार, चैत्र २१, २०७७


(ABC SANCHAR) दाङ । घोराही लमही सडक खण्ड मसोट उरालोमा यात्रुबाहक बस पल्टिएर दुर्घटना हुदा २ जनाको मृत्युु भएको छ भने २७ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय दाङले बस अनियंत्रित भइ घोराहीको मसोटमा पल्टिदा २ जनाको घटनास्थलमै मृत्यु भएको जनाएको हो । जिल्ला प्रहरी कार्यालय दाङका   प्रबक्ता तथा डिएसपि मुकुन्द रिजालले मृत्यु हुनेहरुको पहिचान हुन नसकेको जानकारी दिए । घोराही देखि लमही तर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबाहक बस लमही घोराही सडक खण्डको मुसोट नजिकै ब्रेक फेल भइ दुर्घटना हुदा मानबिय क्षती भएको छ भने बस पनि पुर्णरुपमा क्षतिग्रस्त भएको छ । शुक्रबार अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो ।
दुर्घटना भएको घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेहरुको लमही अस्पताल र फ्लोरेन्स अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप बिवरण आउन बाकी रहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!